बेलायती अर्थ मन्त्री ऋषि सुनाक र उनको राजनैतिक भविष्य!

Apr 8, 2022 - 07:47
Apr 8, 2022 - 07:47
 0
बेलायती अर्थ मन्त्री ऋषि सुनाक र उनको राजनैतिक भविष्य!

कति मान्छे लाई शिखर मा पुर्याउन उसकी स्वास्नी को हात हुन्छ भन्ने उखान सुनिंदै आएको हो तर अहिले बेलायत का जल्दाबल्दा भारतीय मूलका अर्थमन्त्री र भोलीका सम्भाव्य प्रधानमन्त्री को राजनैतिक भविष्य भने InfoSys का अरबपती कि अरबपती छोरी र ऋषि कि श्रीमती ले ध्वस्त पारिदेलिन् जस्तो देखिएको छ! 

आफ्ना बाउले दिएको InfoSys कम्पनी को झन्डै एक प्रतिशत शेयर बाट प्राप्त झन्डै आधा बिलियन डलर को लाभांशको कर बेलायत बाहिर बसेको (Non-domiciled) कारणले नतिर्नाले अर्थमन्त्री को चौतर्फी विरोध भएको छ! देशका नागरिक लाई महङ्गी बढाएर आफ्नी स्वास्नी लाई भने विभिन्न बहाना (loop hole) मा कर तिर्न बाट मुक्ति दिएको भनेर सर्वसाधारण रिसाएका छन्!

बेलायत जस्तो पारदर्शी देशमा भारतिय मूलकै भए पनि प्रतिभाकै कारण अर्थ मन्त्री बनेका ऋषि सुनाक प्रधानमन्त्री हुने सम्भावना थियो तर अरबपती स्वास्नीले त्यो ध्वस्त पार्ने सम्भावना नजिकिँदै आएको छ! त्यसैले सबै पुरुष लाई शिखर मा पुर्याउन महिलाको हात हुन्छ भन्ने उखान सधैं चरितार्थ हुँदैन, स्वास्नी हेरि हुने रहेछ, कतिले तपाईं शिखर पुग्ने बेला तलै घिसार्न पनि सक्ने रहेछन्, म त पीडित नै परें, तपाईं पनि सतर्क रहनु होला! शुभकामना! शुभ सप्ताहन्त!

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Boz Raj Former Director at ChangeGov Ltd Past: Deloitte and Pokhara Consultancy Ltd Studied Computer science at London South Bank University, London, UK Graduated in 2001 Lives in London, United Kingdom