विश्वकर्माद्वारा राजा ज्ञानेन्द्रलाई श्रीपेच र राजदण्ड उपहार

सुनसरीको इटहरीमा नेपाली गहनाको डिजाइन तथा सुनचाँदी व्यवसाय गर्दै आएका कर्णबहादुर विश्वकर्माले राजा ज्ञानेन्द्र शाहलाई आफैंले बनाएको श्रीपेच र राजदण्ड उपहार दिएका हुन् ।

Apr 25, 2022 - 10:32
 0
विश्वकर्माद्वारा राजा ज्ञानेन्द्रलाई श्रीपेच र राजदण्ड उपहार

आइतबार झापाको चन्द्रगढी विमानस्थलमा उनले राजा ज्ञानेन्द्रलाई सो उपहार दिएका हुन् । झन्डै २ वर्षअघि कोरोना संक्रमण रोकथामका लागि भएको लकडाउनका बेला उनले ३ महिना लगाएर श्रीपेच र राजदण्ड निर्माण गरेका थिए । श्रीपेचमा सुन, चाँदी, मोती तथा बहुमूल्य रत्न लगायत जडान गरिएको छ ।  

श्रीपेचका लागि ५ लाख रुपैयाँ हाराहारीको रत्न प्रयोग गरिएको विश्वकर्माले रातोपाटीलाई बताए । उनले आफू राष्ट्रवादी र राजसंस्थाको पक्षधर रहेको बताउँदै सो श्रीपेच राजा ज्ञानेन्द्रलाई दिनकै लागि बनाएको उल्लेख गरे ।  उनले भने–‘राजालाई उपहार दिने भनेर नै बनाएको थिएँ तर उहाँलाई दिनका लागि शुभ साइत मिलेको थिएन । झापा आउनुभएको अवसरमा मैले चन्द्रगढी विमानस्थलमा पुगेर उहाँलाई हस्तान्तरण गर्न पाएँ ।’

श्रीपेच लिँदै पूर्वराजा शाहले धन्यवाद दिएको र निकै हर्षित भएको विश्वकर्माले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register