बेक्सली नेप्लिज् कम्युनिटी द्वारा ( बरिस्ठ गायक, संगितकार, चलचित्र निर्देशक,प्रशिक्षक,) डा किरण प्रधान को एक दिने सरल नेपाली लेखन गोष्ठी सम्पन्न ।
बेक्सली नेप्लिज् कम्युनिटी बाट सरल तरिकाले नेपाली बर्ण लेख्न सिकाइयों । बेक्सली नेप्लिज् कम्युनिटी बाट संचालित नेपाली भाषा कक्षामा २३ एप्रिल सनिवार ३बजे
हारिस अकैडमीमा सरल तरिकाले बर्णको हस्तलेखन कला कक्षा संचान गरिएको छ। नेपाली भाषा लिपि लाई सरल तथा एकरूपता दिने हेतुले यो कार्यक्रम राखिएको थियो ।
नेपाली भाषालाई माया गर्ने सम्पूर्ण बेक्स्ली बासीलाई हार्दिक निमन्त्रणा गरिएको कार्यक्रम मा नेपाली विधालयका बिध्यार्थी तथा अभिभावक ज्युहरू उपस्थित रहेको थियो ।
५ बर्ष को खोज पछिको ,नेपाली वर्णको हस्तलेखन कला बारे ३० मिनट को प्रेजेन्टेसन,जस्मा साना बालबालिकालाई सहज तरिकाले हस्तलेखन गराई एक मापक अनुसार कसरी अक्षर लेखन सुन्दर बनाउन सकिन्छ भन्नेबारे जानकारी मुलक कक्षा, ( बरिस्ठ गायक, संगितकार, चलचित्र निर्देशक,प्रशिक्षक,) डा किरण प्रधान संचालन गर्नु भएको थियो ।
( बरिस्ठ गायक, संगितकार, चलचित्र निर्देशक,प्रशिक्षक,) डा किरण प्रधान ज्युलाई बेक्सली नेप्लिज् कम्युनिटीका अध्यक्ष आनन्द धरेल ज्यु र उपाध्यक्ष बिजेता गौतम जीले खादा ओडाएर स्वागत गर्नु भएको थियो ।
संस्था का माहासचिव केदार थपलियाले संचालन गर्नुएको कार्यक्रम मा कोषाध्यक्ष दीपेन्द्र सिटौला लगाएत अभिभावक हरूको पनि उल्लेखनीय उपस्थित रहेको थियो भने नेपाली शिक्षिका दोय अहिल्या कुँवर र सरिता शर्मा ले कार्यक्रम लाई सहज बनाउन् सहयोग गर्नु भएको थियो।
कार्यक्रम को अन्तिम मा अध्यक्ष ज्युले, ब्यस्तताको बाबजुद आफ्नो अमुल्य समय प्रदान गरेर कार्यक्रम सफल बनाईदिनु भएकोमा उपस्थित सबै महानुभाव हरुमा हार्दिक धन्यवाद दिनुभयो।
साथै बिजिता गौतम ज्यूले( बरिस्ठ गायक, संगितकार, चलचित्र निर्देशक,प्रशिक्षक,) डा किरण प्रधान ज्युलाई बेक्सली नेप्लिज् कम्युनिटी को तर्फबाट माया को चुनो स्वरूप बेक्सली नेप्लिज् कम्युनिटी को लोगों सहित को टि-सर्ट र सटिफिकेट प्रधान गर्नु भएको थियो ।
What's Your Reaction?