‘फास्ट ट्रयाक’ निरीक्षणमा राष्ट्रपति पौडेल (तस्वीरहरू)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराईमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले भइरहेका काम–कारबाही र प्रगतिबारे जानकारीसमेत लिए । राष्ट्रपति पौडेलले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी पनि लिएको उनको सचिवालयले जनाएको छ । मुलुकका राष्ट्रिय गौरवका […]

Jan 17, 2025 - 07:41
 0
‘फास्ट ट्रयाक’ निरीक्षणमा राष्ट्रपति पौडेल (तस्वीरहरू)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराईमधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले भइरहेका काम–कारबाही र प्रगतिबारे जानकारीसमेत लिए ।

राष्ट्रपति पौडेलले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी पनि लिएको उनको सचिवालयले जनाएको छ ।

मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।

काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

हेरौँ तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register