आजपनि प्रतिनिधि सभा र राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि छलफल हुँदै

May 22, 2023 - 01:23
 0
आजपनि प्रतिनिधि सभा र राष्ट्रिय सभामा  नीति तथा कार्यक्रममाथि छलफल हुँदै
आजपनि प्रतिनिधि सभा र राष्ट्रिय सभामा  नीति तथा कार्यक्रममाथि छलफल हुँदै

काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दैछ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्न लागेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने दुवै सदनकाे बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । दुवै सदनमा आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएकाे हाे ।

नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा २० र राष्ट्रिय सभामा ३ सांसद्ले संशाेधन प्रस्ताव दर्ता गरेका छन् । प्रतिनिधि सभामा वैशाख ११ गतेसम्म र राष्ट्रिय सभामा वैशाख ९ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1