स्वास्थ्य बीमा थैली २ लाख पुर्‍याउन र सहज भुक्तानीको व्यवस्था गर्न माग

काठमाडौं । नेपाली काङ्ग्रेस सांसद डा. सुनीलकुमार शर्माले प्रतिनिधि सभामा दर्ता गराएको “सम्पूर्ण नागरिकलाई स्वास्थ्य बीमा र विपन्न नागरिकलाई औषधी उपचार कोषलगायतको प्रभावकारी व्यवस्था गर्ने” सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी छ । केही समयअघि काङ्ग्रेसबाट स्वास्थ्यमन्त्री रहेका प्रदीप पौडेलले बीमाको दाबी भुक्तानी गर्न नसक्ने सार्वजनिक प्रतिक्रिया दिएका थिए । सांसद डा. शर्माले पेस गरेको प्रस्तावले […]

Mar 19, 2025 - 09:44
 0
स्वास्थ्य बीमा थैली २ लाख पुर्‍याउन र सहज भुक्तानीको व्यवस्था गर्न माग

काठमाडौं । नेपाली काङ्ग्रेस सांसद डा. सुनीलकुमार शर्माले प्रतिनिधि सभामा दर्ता गराएको “सम्पूर्ण नागरिकलाई स्वास्थ्य बीमा र विपन्न नागरिकलाई औषधी उपचार कोषलगायतको प्रभावकारी व्यवस्था गर्ने” सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी छ ।

केही समयअघि काङ्ग्रेसबाट स्वास्थ्यमन्त्री रहेका प्रदीप पौडेलले बीमाको दाबी भुक्तानी गर्न नसक्ने सार्वजनिक प्रतिक्रिया दिएका थिए ।

सांसद डा. शर्माले पेस गरेको प्रस्तावले नेपालको स्वास्थ्य बीमा प्रणालीमा व्यापक सुधारको माग गरेका छन् ।

प्रस्तावमाथि समर्थन गर्दै स्वतन्त्र सांसद अमरेशकुमार यादव, रास्वपा सांसद सन्तोष परियार, काङ्ग्रेस सांसद राजेन्द्र बजगाईं, अम्बरबहादुर रायमाझी, मेटमणि चौधरी, छिरिङ डम्डुल लामा (भोटे)ले प्रस्तावको पक्षमा आफ्नो धारणा राखिसकेका छन् । भने अन्य सांसदहरूले प्रस्तावमाथि आफ्नो धारणा राखिरहेका छन् ।

सीमान्तकृत समुदाय र असुरक्षित जनसङ्ख्यालाई स्वास्थ्य सेवामा सहज पहुँच हुनु पर्ने माग सांसदहरूले राख्दै आएका छन् ।

प्रस्तावका मुख्य विषय –

– तत्काल स्वास्थ्य बीमा थैली रु. २ लाख पुर्‍याउने र क्रमशः एक वर्षभित्र रु. ५ लाख तथा तीन वर्षभित्रमा रु. १० लाखसम्म पुर्‍याउनुपर्ने,
– सरकारी तथा निजी स्वास्थ्य सेवा प्रदायकहरूबीच प्रभावकारी साझेदारी स्थापना गर्ने,
– कम आम्दानी भएका परिवार र असुरक्षित समूहहरूलाई प्रिमियममा सहुलियत प्रदान गर्ने,
– स्वास्थ्य बीमा प्रणालीमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने ।

हालको स्वास्थ्य बीमा बोर्डको कार्य प्रणालीमा रहेका कमजोरीहरूलाई औँल्याउँदै सेवा प्रवाह प्रक्रिया, दाबी प्रमाणीकरण र भुक्तानी प्रणालीमा सुधार गर्नुपर्ने माग गरिएको छ ।

“हालको स्वास्थ्य बिमा प्रणालीमा वास्तविक लाभग्राहीले सरल र सहज सेवा पाउन सकेका छैनन्,” डा. शर्माले संसदमा प्रस्ताव पेस गर्दै भने “विशेष गरी ग्रामीण क्षेत्रमा बस्ने नागरिकहरू र आर्थिक रूपमा कमजोर वर्गले स्वास्थ्य सेवा पाउन कठिनाइ भोगिरहेका छन् ।”

प्रस्तावले गम्भीर रोगहरूको उपचारका लागि हुने खर्चले परिवारहरूमाथि थपिने आर्थिक भारलाई कम गर्ने लक्ष्य लिएको छ ।

विशेषगरी १५ वर्षभन्दा मुनिका र ७५ वर्षभन्दा माथिका नागरिकको मुटु रोगको उपचारको लागि विद्यमान प्रावधानहरूलाई सहजीकरण गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register