कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास बनाइने, काठमाडौंका ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट राखिने

May 30, 2023 - 01:48
 0
कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास बनाइने, काठमाडौंका ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट राखिने
कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास बनाइने, काठमाडौंका ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट राखिने

काठमाडौं । सरकारले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य सुरूवात गर्ने भएकाे छ ।सोमबार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण सम्पन्न गर्न २ अर्ब ८ करोड विनियोजन गरिएको बताउनुभयाे ।

सूर्यविनायक-धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन पनि आवश्यक रकम विनियोजन गरिएको छ ।त्यस्तै काठमाडौं चक्रपथको कलंकी बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीब्रता दिन २ अर्ब ७ करोड छुट्टयाएकाे महतले बताउनुभयाे ।

राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने अर्थमन्त्रीले बताउनुभएकाे छ ।सरकारले आगामी आर्थिक वर्षमा काठमाडाैंका विभिन्न स्थानमा थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने पनि उहाँले बताउनुभयाे ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1