नक्कली च्यासिस र नम्बर प्लेटको स्कारपियोसहित दुई जना पक्राउ

काठमाडौं । झापा जिल्लाको मेचिनगर नगरपालिका–६ स्थित काँकडभिट्टा बसपार्कमा नक्कली च्यासिस र नम्बर प्लेटको स्कारपियो गाडीसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरु मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका–८ बस्ने २१ वर्षिय ईश्वरी भण्डारी र भारतको नक्सालवारी पञ्चायत घर बताउने ३५ वर्षिय निताई घोस रहेका छन् । उनीहरुले भारतीय स्कारपियो गाडीलाई नेपाली च्यासिस […]

Mar 25, 2025 - 05:19
 0
नक्कली च्यासिस र नम्बर प्लेटको स्कारपियोसहित दुई जना पक्राउ

काठमाडौं ।

झापा जिल्लाको मेचिनगर नगरपालिका–६ स्थित काँकडभिट्टा बसपार्कमा नक्कली च्यासिस र नम्बर प्लेटको स्कारपियो गाडीसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरु मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका–८ बस्ने २१ वर्षिय ईश्वरी भण्डारी र भारतको नक्सालवारी पञ्चायत घर बताउने ३५ वर्षिय निताई घोस रहेका छन् ।

उनीहरुले भारतीय स्कारपियो गाडीलाई नेपाली च्यासिस र नम्बर प्लेट बनाई ल्याउँदै गरेको अवस्थामा नं. २ गण झापा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकाडभिट्टाबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

नेपालबाट पुरानो गाडी भारतिय शहर लगेर त्यहाँको नयाँ गाडिमा नेपाली च्यासिस र नम्बरप्लेट राखेर नेपाल ल्याउने गरेको सुचनाको आधारमा पछिल्लो दिनमा विशेष निगरानी गरिएको थियो ।उक्त गाडीको ईन्जिन नम्बर GCA4D12128 , च्यासिस MA1TA2GCKA2D32553 र नम्बर प्लेट बा ८ च १३३८ राखिएको छ । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाडीको २५ लाख रुपैयाँ मूल्य कायम गरि आवश्यक अनुसन्धान तथा कारबाहिको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register