भक्तपुर एमालेले सुरु गर्‍यो ‘मेरो वडा म बनाउँछु, हाम्रो नगर हामी बनाउँछौँ’ अभियान

May 30, 2023 - 02:05
 0
भक्तपुर एमालेले सुरु गर्‍यो ‘मेरो वडा म बनाउँछु, हाम्रो नगर हामी बनाउँछौँ’ अभियान
भक्तपुर एमालेले सुरु गर्‍यो ‘मेरो वडा म बनाउँछु, हाम्रो नगर हामी बनाउँछौँ’ अभियान

काठमाडौं । नेकपा एमाले भक्तपुरले ‘मेरो वडा म बनाउँछु, हाम्रो नगर हामी बनाउँछौँ’ अभियान सुरु गरेको छ । श्रमसँग पार्टी कार्यकर्ता र नागरिकलाई जोड्न सो अभियान सुरु गरिएको नेकपा एमाले भक्तपुरले जनाएको छ । सो अभियान अन्तर्गत गणतन्त्र दिवसको दिन डोलेश्वर मन्दिरदेखि पाटीभञ्ज्याङसम्मको आशापुरी जाने सडक मर्मत तथा सरसफाइ गरिएको छ ।

नेकपा एमाले सूर्य विनायक नगरपालिका ८ नं वडा कमिटीको आयोजनामा सो काम भएको हो ।  ३ सय ५० बढी स्थानी र एमाले नेता कार्यकर्ता जम्मा भएर श्रमदान गर्नुभएको थियो । तीन वटा समूह बनाएर करिब ५ किलोमिटर सडक मर्मत तथा सरसफाइ गरिएको वाग्मती प्रदेश सभा सदस्य किरण थापाले जानकारी दिनुभयो । ‘मेरो वडा म बनाउँछु, हाम्रो नगर हामी बनाउँछौँ भन्ने अभियान नै सञ्चालन गरेर त्यस्ता काम गरिने उहाँले बताउनुभयो । 

जनतासँग प्रत्यक्ष सरोकार राख्ने कामलाई निरन्तरता दिने एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजाले बताउनुभयो । सो अभियान भक्तपुर जिल्ला भरि चलाइने उहाँले बताउनुभयो । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1