ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

May 31, 2023 - 02:59
 0
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । 

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३–००१ख १८६३ नंको ट्रकले साइकल यात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.