च्याम्पियन्स ट्रफी : अष्ट्रेलियाले भारतविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा अष्ट्रेलियाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको हो । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले भने, “हामी ब्याटिङ गर्नेछौँ । यो एकदमै सुख्खा सतह जस्तो देखिन्छ। भारत एकदमै राम्रो टोली हो।” यता भारतीय कप्तान रोहित शर्माले भने, “म ब्याटिङ र […]

Mar 4, 2025 - 08:45
 0
च्याम्पियन्स ट्रफी : अष्ट्रेलियाले भारतविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा अष्ट्रेलियाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको हो ।

अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले भने, “हामी ब्याटिङ गर्नेछौँ । यो एकदमै सुख्खा सतह जस्तो देखिन्छ। भारत एकदमै राम्रो टोली हो।”

यता भारतीय कप्तान रोहित शर्माले भने, “म ब्याटिङ र बलिङ दुवै गर्न तयार थिएँ ।”

भारतको कप्तानी रोहित शर्माले तथा अष्ट्रेलियाको स्टिभ स्मिथले गरेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register