नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भन्दै परेको रिटमा आज सुनवाइ हुँदै

Jun 4, 2023 - 03:00
 0
नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भन्दै परेको रिटमा आज सुनवाइ हुँदै
नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भन्दै परेको रिटमा आज सुनवाइ हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गर्नुभएको नागरिकता विधेयकमाथि परेको मुद्दाको रिटमा आज सुनवाइ हुदैँछ ।राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको विधेयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता द्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी दर्ता गर्नुभएको रिटमा आज सर्वोच्च अदालतमा सुनवाइ हुन लागेको हो । सो रिट गत शुक्रवार दर्ता भएको थियो ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको विधेयक असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ। अघिल्लो संसद्ले बहुमतले पारित गरेको उक्त विधेयक प्रधानमन्त्री प्रचण्ड भारत जाने दिनमा राष्ट्रपति पौडेलले प्रमाणित गर्नुभएको थियो । 

तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय, शीतल निवासमा पठाउनुभएको भए पनि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक प्रमाणित गर्नुभएको थिएन ।  पहिलो पटक पठाउँदा राष्ट्रपति भण्डारीले सङ्घीय संसद् सचिवालयलाई १५ वटा प्रश्न सोधेर फिर्ता गर्नुभए पनि त्यसको कुनै जवाफ नदिई काँग्रेस–माओवादी गठबन्धनले बहुमतको आधारमा पुनः प्रमाणीकरणका लागि दोस्रो पटक पुनः सो विधेयक शीतल निवास पठाइएको थियो । 

त्यसपछि पनि प्रमाणित हुन नसकेको सो विधेयकलाई राष्ट्रपतिले यही जेठ १७ गते प्रमाणित गरेपछि विवादको घेरामा परेको छ । नयाँ संसद् आइसकेको अवस्थामा पुरानो संसद्ले पठाएको विधेयक प्रमाणीकरण गरेको भन्दै संसद्लगायत नागरिक समाजले राष्ट्रपतिको उक्त कदमको विरोध गरिरहेका छन् ।सोही कदमको विरोधमा शुक्रवार दर्ता भएको रिटमा आज सुनवाइ हुन लागेको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1