राष्ट्रपति र सरकारबाट राष्ट्रघाती काम भएको छ, सदनमा आएर माफी माग्नु पर्छ : पदम गिरी

Jun 4, 2023 - 06:24
 0
राष्ट्रपति र सरकारबाट राष्ट्रघाती काम भएको छ, सदनमा आएर माफी माग्नु पर्छ : पदम गिरी
राष्ट्रपति र सरकारबाट राष्ट्रघाती काम भएको छ, सदनमा आएर माफी माग्नु पर्छ : पदम गिरी

काठमाडौं । प्रतिनिधि सभामा प्रमुख सचेतक पदम गिरीले सरकारले नै संविधानको पालना नगरेर मिचेर अघि बढेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठक सुरु हुनु बित्तिकै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले बोल्ने समय दिनुभएकोमा गिरीले सरकारबाट मुलुकको राष्ट्रियता र अखण्डता माथि नै प्रश्न उठ्ने काम भएका बताउनुभयो ।

नेपाली नागरिकले वंशजको आधारमा नागरिकता नपाउँदा धेरै समस्या भएकोले उनीहरूलाई छिटो नागरिकता प्रदान गर्नुपर्ने दायित्व भएकोले संसदमा नागरिकता विधेयक दर्ता गरेर एक हप्ता भित्र पास गर्ने गरी प्रक्रिया अघि बढाउन भनिएकोमा सरकार उल्टो बाटो हिँडेको गिरीले बताउनुभयो । सरकारले राष्ट्रपतिलाई पत्र पठाएको भरमा विधेयक प्रमाणीकरण गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । 

राष्ट्रपतिले किर्ते कागज बनाएर नागरिकता विधेयक प्रमाणीकरण गरेको उहाँले बताउनुभयो । ‘त्यस कारण यो विधेयकलाई निष्क्रिय राखियोस्’, उहाँले भन्नुभयो । 

प्रधानमन्त्रीले भारत जाँदा बङ्गलादेशको बन्दरगाहसम्म जानको निम्ति लिम्पियाधुरा र लिपुलेक भारतलाई छाड्ने खालको अभिव्यक्ति दिएर राष्ट्रघाती काम गरेको उहाँले बताउनुभयो । भूपरिवेष्टित देशलाई बन्दरगाहसम्म पुग्ने अधिकार भएकोले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको उहाँले बताउनुभयो । ‘सदनको अगाडि उहाँले माफी माग्नु पर्छ, नभएसम्म हामी अगाडि बढ्न सक्दैनौँ’, उहाँले भन्नुभयो । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1