मोदीले भने – आतङ्ककारीलाई कल्पनाभन्दा ठूलो सजाय दिन्छौँ

काठमाडौं । जम्मू-कश्मीरस्थित पहलगाममा भएको हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादीलाई नछाड्ने चेतावनी दिएका छन् । बिहारको मधुबनीबाट एक कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले यस्तो चेतावनी दिएका हुन् । मोदीले भने, “पहलगामका दोषीहरूलाई गाड्ने समय आएको छ । आतङ्ककारीहरूले कल्पना गरेभन्दा ठूलो सजाय पाउनेछन् ।” उनले थपे, “म स्पष्ट शब्दमा भन्न चाहन्छु कि यी आतङ्ककारीहरू र […]

Apr 24, 2025 - 09:12
 0
मोदीले भने – आतङ्ककारीलाई कल्पनाभन्दा ठूलो सजाय दिन्छौँ

काठमाडौं । जम्मू-कश्मीरस्थित पहलगाममा भएको हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादीलाई नछाड्ने चेतावनी दिएका छन् ।

बिहारको मधुबनीबाट एक कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले यस्तो चेतावनी दिएका हुन् ।

मोदीले भने, “पहलगामका दोषीहरूलाई गाड्ने समय आएको छ । आतङ्ककारीहरूले कल्पना गरेभन्दा ठूलो सजाय पाउनेछन् ।”

उनले थपे, “म स्पष्ट शब्दमा भन्न चाहन्छु कि यी आतङ्ककारीहरू र यस आक्रमणको षड्यन्त्र गर्नेहरूले उनीहरूले कल्पना गरेको भन्दा ठूलो सजाय पाउनेछन् । उनीहरूले पक्कै पनि सजाय पाउनेछन् । अब आतङ्ककारीहरूको बाँकी रहेको साम्राज्य ध्वस्त पार्ने समय आएको छ । १४० करोड भारतीयहरूको इच्छाशक्तिले अब आतङ्कका मालिकहरूको ढाड भाँचिदिनेछ ।”

उनले यो घटनापछि सरकारले घाइते परिवारको उपचारका लागि सबै प्रयास जारी राखेको जानकारी पनि गराए ।

जम्मू-कश्मीर हमला : को हुन् मास्टरमाइन्ड सैफुल्लाह खालिद ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register