एमालेका १३ जना केन्द्रीय सदस्यद्वारा शपथ (तस्विरसहित)

Jun 8, 2023 - 11:49
 0
एमालेका १३ जना केन्द्रीय सदस्यद्वारा शपथ (तस्विरसहित)
एमालेका १३ जना केन्द्रीय सदस्यद्वारा शपथ (तस्विरसहित)

काठमाडौं । हालै मनाेनीत भएका नेकपा एमालेका १३ जना केन्द्रीय सदस्यहरुले शपथ लिनुभएकाे छ ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई शपथ गराउनुभयाे ।

 उहाँले एकीकृत समाजवादीबाट एमालेमा फर्किएका मुकुन्द न्यौपाने सहित प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरियालाई शपथ गराउनुभएकाे हाे ।

गत शुक्रबार बसेको एमाले सचिवालयको बैठकले उहाँहरुलाई केन्द्रीय सदस्यमा मनाेनीत गरेकाे थियाे ।शपथ कार्यक्रममा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायत नेताहरु सहभागी हुनुभएकाे थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1