राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना चीन प्रस्थान, जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई सम्बोधन गर्नुहुने

Jun 11, 2023 - 01:21
 0
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना चीन प्रस्थान, जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई सम्बोधन गर्नुहुने
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना चीन प्रस्थान, जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई सम्बोधन गर्नुहुने

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शनिवार राती चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । तिब्बतको ल्हासामा आयोजना हुने पाँचौँ चाइना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना शनिवार राती चीनतर्फ प्रस्थान गर्नुभएको हो ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिवार राती १२ः०५ बजेको चाइना साउर्दन एयरलाइन्सको उडानबाट ग्वाञ्झाओ हुँदै बेइजिङतर्फ प्रस्थान गरेको हो ।  उक्त प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सदस्यहरू जीवन परियार, धवल शमशेर जङ्गबहादुर राणा,  प्रदीप यादव तथा राष्ट्रियसभाका सदस्यहरू उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एवम् अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद्  सचिवालयका उपसचिव रामहरि थापा सहभागी हुनुहुन्छ । 

तिब्बतमा आगामी जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

भ्रमणका क्रममा बेइजिङमा अध्यक्ष तिमिल्सिनाले बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेसको स्थायी समिति (स्टाण्डीङ कमिटी अफ द नेशनल पिपुल्स कंग्रेस)का अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङगलगायतसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।  

भ्रमणको क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रदर्शनी केन्द्र लगायतका स्थलहरूको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।  

औपचारिक भ्रमण सम्पन्न गरी अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल २१ जुन २०२३ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1