माछा मार्ने क्रममा गोहीको आक्रमणमा परी एकजनाको हातको कुहिनो भन्दा तलको भाग नै चुडियो

Jun 12, 2023 - 04:05
 0
माछा मार्ने क्रममा गोहीको आक्रमणमा परी एकजनाको हातको कुहिनो भन्दा तलको भाग नै चुडियो
माछा मार्ने क्रममा गोहीको आक्रमणमा परी एकजनाको हातको कुहिनो भन्दा तलको भाग नै चुडियो

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका-६ स्थित राप्ती खोलामा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा एकजना गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा भरतपुर महानगरपालिका-२२ बस्ने ५६ वर्षीय शिवलाल बोटे रहेका छन् ।

आज सोमबार बिहान माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा उनको दायाँ हातको कुहिनो भन्दा तलको भाग नै चुडिएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।बोटेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1