गुण्डा र अपराधीहरूको देशमा बाँच्नु छैन, सत्याग्रह थाल्छु : प्रेम चलाउने

Jun 19, 2023 - 06:16
 0
गुण्डा र अपराधीहरूको देशमा बाँच्नु छैन, सत्याग्रह थाल्छु  : प्रेम चलाउने
गुण्डा र अपराधीहरूको देशमा बाँच्नु छैन, सत्याग्रह थाल्छु  : प्रेम चलाउने

काठमाडौं । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ता माथि अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन सरकारले गरेको निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत काठमाडौं पुग्नुभएका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले चलाउनेसहित उहाँका समर्थकलाई पक्राउ गरेको हो । उहाँहरूलाई प्रहरीले अदालत अगाडिबाट गिरफ्तार गरेको छ । 

उहाँ माथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायत विरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यान मुद्दा चलिरहेको छ । सो मुद्दाको भोलि पेशी तोकिएको छ । तर मन्त्रिपरिषद् बैठकले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा बुझाएको छ । 

मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय विरुद्ध चलाउनेले सत्याग्रह थाल्ने घोषणा गर्नुभएको छ । ‘यो गुण्डा र अपराधीहरूको देशमा मलाई बाँच्नु छैन, सत्याग्रह थाल्छु’, उहाँले भन्नुभयो । 

आफूलाई बन्द इजलास र सरकारले न्याय नदिएको उहाँले बताउनुभयो । । अब न्याय खोसेर लिने उहाँले चेतावनी दिनुभयो । त्यसको लागि गुहार माग्न सडकमा आएको उहाँले बताउनुभयो 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1