सरकार विभेदकारी छ, अन्यायपूर्ण व्यवहार गर्छ : गोकर्ण विष्ट

Jun 19, 2023 - 06:32
 0
सरकार विभेदकारी छ, अन्यायपूर्ण व्यवहार गर्छ  : गोकर्ण विष्ट
सरकार विभेदकारी छ, अन्यायपूर्ण व्यवहार गर्छ  : गोकर्ण विष्ट

काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले जलस्रोतको दिगो विकास र उपयोगमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नु पर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै विष्टले नेकपा एमाले राष्ट्रिय हितको पक्षमा सधैँ अडिग भएर उभिने बताउनुभयो । ‘राष्ट्रिय हितको लागि गरिने सहमतिमा हाम्रो दल एक कदम अघि बढेर सरकारलाई सहयोग गर्न तयार छ’, उहाँले भन्नुभयो । 

जलस्रोतको विकास राष्ट्रिय हित भन्दा सत्ता सौदाबाजी र सरकार टिकाउनको लागि गरियो भने नेकपा एमालेको गम्भीर आपत्ति हुने उहाँले बताउनुभयो । जम्मा २७ सय मेगावाट विद्युत् उत्पादन गर्ने नेपालमा विद्युत् बढी हुने भयो भनेर गरिएको कोलाहलको विष्टले आलोचना गर्नुभयो । 

नेपालमा प्रसारण लाइनको अभावमा लोड सेडिङ गर्नु पर्ने अवस्था रहेको भन्दै विष्टले त्यसको व्यवस्थापनमा सरकारको ध्यान नगएको प्रति आलोचना गर्नुभयो । अहिले पनि लाखौँ घरहरू अँध्यारोमा बसेको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

 अहिले पनि ऊर्जा खपतको हिसाबले विद्युतको प्रयोग हुन नसकेको उहाँले बताउनुभयो । चुलोमा अहिले पनि विद्युतको सट्टा ग्याँस र यातायात साधनमा डिजल र पेट्रोलकै प्रयोग भएको विष्टको भनाइ छ । 

जलविद्युत उत्पादन मात्र होइन नदीको संरक्षण, जल पर्यटन विकास लगायतको क्षेत्रमा धेरै काम गर्न सकिने र गर्न आवश्यक भए पनि अहिलेको सरकारकारको बजेट र कार्यक्रममा ती कुनै पनि कुरा नसमेटिएको भन्दै उहाँले आलोचना गर्नुभयो ।  अहिलेको सरकार विभेदकारी भएकोले सरकारसँग आशा गर्नु नै बेकार हुने उहाँले बताउनुभयो । ‘जुन सरकार विभेदकारी छ, जुन सरकार अन्यायपूर्ण व्यवहार गर्दछ, न्यायपूर्ण छैन, यो सरकारबाट धेरै आशा हामीले किन गरिरहेका छौँ ?’, विष्टले प्रश्न गर्नुभयो । 

आफ्नो सरकारसँग कुनै अपेक्षा र गुनासो नभएको उहाँले बताउनुभयो । सरकारका मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट लगेर आफ्नो स्तर कायम गरेको उहाँको भनाइ छ । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1