जनताले सहजै रुपमा पाउनु पर्ने स्वास्थ्य सेवा पाउन सकेनन् : सांसद बर्तौला

Jun 19, 2023 - 07:16
 0
जनताले सहजै रुपमा पाउनु पर्ने स्वास्थ्य सेवा पाउन सकेनन् : सांसद बर्तौला
जनताले सहजै रुपमा पाउनु पर्ने स्वास्थ्य सेवा पाउन सकेनन् : सांसद बर्तौला

काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले जनताले सहजै रुपमा पाउनु पर्ने स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गरेका छन् । सोमबार प्रतिनीधि सभाको बैठकमा सांसद बर्तौलाले देशमा प्रधानमन्त्री,मन्त्री,सांसद र व्यवस्था समेत फेरियो तर जनताले पाउनु पर्ने सामान्य उपचारलाई पनि ६ महिना १ वर्ष कुर्नु पर्ने अवस्था भने नफेरिएको बताए ।

उनले भने ‘ स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गरिएको छ । यस अन्तर्गत प्रत्येक व्यक्तिको स्वाथ्यमा समान पहुँच हुनेछ भनेर सुनिश्चितता गरियो । हामीले यो देशमा पटक पटक प्रधानमन्त्री मन्त्री र सांसदहरु पनि फेरिए । हामीले व्यवस्था पनि फेर्यौं । संविधान पनि फेर्यौं र संविधानमा पनि व्यवस्था गर्यौं । स्वास्थ्य सेवामा नागरिकको समान पहँच सुनिश्चिस्तताको व्यवस्था विषय तर आज नागरिकहरुले सामान्य पथरीको उपचार अप्रेसनको लागि ६ महिना कुर्नुपर्ने । किडनी ट्रान्सप्लान्टको लागि १ वर्ष भन्दा बढी कुर्नु पर्ने यो खालको अवस्था र विडम्बना को अन्य कहिले गर्छौ । ’

सांसद बर्तौलाले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गरेर प्रत्येक व्यक्तिको स्वास्थ्यमा समान पहुँच हुनेछ भनेर सुनिश्चितता गरियो तर त्यसको कार्यान्वयन भने नभएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.