एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केबलकारमा छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको एससीटी-यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट हुने भएको छ । समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा […]

Jun 17, 2025 - 11:25
 0
एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केबलकारमा छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको एससीटी-यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट हुने भएको छ ।

समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको हो ।

अफरअन्तर्गत ग्राहकहरूले आफ्नो SCT–UPI कार्डबाट POS मेसिन मार्फत टिकट खरिद गर्दा १०% छुट हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT–UPI कार्ड जारी गर्दै आइरहेको छ ।

यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT–UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT–UPI  कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register