सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारलाई तत्काल विश्वासको मत नदिन नेताहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिन निर्देशन दिएका हुन् । सुदुरपश्चिमको एमाले टोलीलाई बालकोटमा बोलाएर अध्यक्ष ओलीले समाजवादीका पछिल्ला अभिव्यक्तिका कारण तत्काल विश्वासको मत दिन नसकिने […]

May 5, 2024 - 06:15
 0
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारलाई तत्काल विश्वासको मत नदिन नेताहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिन निर्देशन दिएका हुन् ।

सुदुरपश्चिमको एमाले टोलीलाई बालकोटमा बोलाएर अध्यक्ष ओलीले समाजवादीका पछिल्ला अभिव्यक्तिका कारण तत्काल विश्वासको मत दिन नसकिने बताएका हुन् ।

दीर्घ सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत दिन हतार गर्न नहुने ओलीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पाल गए राति अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

समाजवादीका पछिल्ला अभिव्यक्ति नसच्याएसम्म विश्वासको मत नदिने अध्यक्ष ओलीको भनाइ छ । विश्वासको मतका लागि आह्वान गरिएको संसद बैठक एमाले उपस्थित नहुने भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register