तराईमा मेघ गर्जनसहित हावाहुरी, अन्नबालीमा असर

May 23, 2023 - 04:22
May 23, 2023 - 13:08
 0
तराईमा मेघ गर्जनसहित हावाहुरी, अन्नबालीमा असर
तराईमा मेघ गर्जनसहित हावाहुरी, अन्नबालीमा असर

काठमाडौं । मधेश प्रदेशमा मेघ गर्जनसहित चलेकाे हावाहुरीबाट अन्नबालीमा असर गरेकाे छ । मंगलबार बिहान करिब एक घण्टा चलेकाे हावाहुरीले अन्नबालीमा नोक्सान पुर्‍याएको किसानहरुले जानकारी दिएका छन् ।

`फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्‍याएको छ,´ बर्दिबास-९ का किसान राम नरेशले भने, ` वर्षामात्र भएको भए नोक्सान हुदैनथ्यो, हावाहुरीले समस्या बनायो ।´ अहिले पनि पानी परिरहेकाे छ । 

वर्षा हुने समयमा हुरिबतास चल्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरुको बुझाइ छ । मौसमको अनियमित फेरबदल र बेमौसमी हावाहुरी जलवायु परिवर्तनको कारक भएको जलवायुविज्ञ विराट पन्त बताउँछन । अघिल्लो साता आएको हावाहुरीले पनि फल्दै गरेको आँप, लिची जस्ता फलफूल र बालीनालीमा असर पुर्‍याएको थियो ।

महोत्तरीका किसानहरुले क्षतिपूर्तिको मागसहित जिल्ला कृषि कार्यालय, कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहमा ध्यानाकर्षण समेत गराएका थिए । तराईमा केही दिनदेखि गर्मी पनि अत्याधिक बढेको छ । केही वर्ष अगाडि र अहिलेको तुलना गर्दा गर्मीमा नै निकै ठूलो फेरबदलको महसुस गरिरहेको स्थानीयहरु बताउँछन् ।

लामो समयदेखि खडेरी पर्ने र एकैचोटी वर्षा र हावाहुरी आउँदा किसानहरु समेत चिन्तित बनेका छन । `पानी आउँदैन, आउन लाग्यो भने बौलाएर आउँछ, के हुन्छ भन्नेमा नै डर लागेर आउँछ,´ बर्दिबास-३ का किसान द्रोण खड्काले चिन्ता व्यक्त गर्दै भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1