रुस-युक्रेन युद्धमा अभिनेता पाशाको निधन

काठमाडौँ- रुस र युक्रेनबीच युद्ध जारी छ । यो युद्धमा परेर एक युक्रेनी अभिनेता पाशा लीको निधन भएको छ । युक्रेनी सेनासँग आबद्ध पाशाले देशको सुरक्षाको क्रममा ज्यान गुमाएका हुन् ।

Mar 9, 2022 - 00:19
 0
रुस-युक्रेन युद्धमा अभिनेता पाशाको निधन

पाशा अग्रमोर्चामा रहेर सेनाको निर्देशन पालन गरिरहेका थिए । यही बेला मार्च ६ मा इरपिनमा भएको बमबारीमा उनको मृत्यु भएको हो । यो कुराको जानकारी ‘ओडेसा इन्टरनेशनल फिल्म फेस्टिभल’ले सामाजिक सञ्जालमा पोस्ट शेयर गर्दै दिएको हो ।

पाशा ३३ वर्षका थिए । युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि उनले अभिनय करियर छोडेका थिए । यसपछि उनी युक्रेनको टेरिटोरियल डिफेन्स युनिटमा आबद्ध भएका थिए ।

पाशा युक्रेनको लोकप्रिय अभिनेता, डबिङ कलाकार, गायक तथा संगीतकार थिए । उनले आफ्नो करियर टेलिभिजन कमर्शियलबाट सुरु गरेका थिए ।

उनले सन् २००६ मा ‘स्टोलन्या’ नामको फिल्मबाट अभिनय करियर प्रारम्भ गरेका थिए । उनको लोकप्रिय फिल्ममा ‘स्याडो अफ अनफरगटन एन्सेस्टर’, ‘द फाइट रुल्स’ र ‘मिटिङ्स अफ क्लासमेट्स’ छन् । एजेन्सी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register