हमासद्वारा युद्धविराम प्रस्ताव स्वीकार

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ। यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । नत इजरायलले प्रस्तावको विवरण सार्वजनिक नै गरेको छ। तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै चरणमा हुने बताएका थिए। यस अवधिमा, हमासले बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले […]

May 7, 2024 - 05:41
 0
हमासद्वारा युद्धविराम प्रस्ताव स्वीकार

काठमाडौं ।

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ। यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । नत इजरायलले प्रस्तावको विवरण सार्वजनिक नै गरेको छ।

तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै चरणमा हुने बताएका थिए। यस अवधिमा, हमासले बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने विषय समावेश रहेको छ। हमासले एक विज्ञप्ति जारी गर्दै युद्ध विरामको प्रस्ताव स्वीकार गर्न सहमत भएको बताएको थियो।

बयान बाहिर आउने बित्तिकै प्यालेस्टिनीहरूले रफाह वरपर फैलिएका शिविरहरूमा खुशी व्यक्त गरेका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गरेका थिए र राफाको बारेमा चिन्ता व्यक्त गरेका थिए। अमेरिकासहित इजरायलका अन्य घनिष्ठ सहयोगीहरूले इजरायलसँग रफाहमाथि आक्रमण नगर्न बारम्बार आग्रह गरेका छन्। रफाहमा करिब १४ लाख प्यालेस्टिनीले शरण लिएको बताइएको छ।

गत अक्टोबर ७ का दिन बिहान हमासले इजरायली सहरमा करिब ५ हजार रकेट प्रहार गरेको थियो। त्यसपछि दुवै पक्षबीच युद्ध जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register