एकीकृत समाजवादी महाविधेशनको तयारीमा जुट्यो , साझा धारणा बनाउन श्रृंखलाबद्ध बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार वैशाख २९ गतेका लागि स्थायी समिति बैठक बोलाइएको हो । बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल हुने खतिवडाले बताए । स्थायी समितिका निर्णयमा थप छलफल […]

May 7, 2024 - 06:12
 0
एकीकृत समाजवादी महाविधेशनको तयारीमा जुट्यो , साझा धारणा बनाउन श्रृंखलाबद्ध बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार वैशाख २९ गतेका लागि स्थायी समिति बैठक बोलाइएको हो ।

बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल हुने खतिवडाले बताए । स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्युरो बैठक बोलाइएको छ ।

दुवै कमिटीबाट आएका सुझाव केन्द्रीय कमिटी बैठकमा पेस गरी साझा धारणा बनाइने समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्दै छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register