‘हावा सरर’ गीत विवादमा, आफ्ना बुवाले गाएको गीतबाट चोरिएको ‘बले’को आरोप

काठमाडौं, २५ वैशाख । गत महिना चीज गुरुङले युट्युबमा ल्याएको नयाँ गीत ‘हावा सरर’ विवादमा तानिएको छ । २०५० सालमा रेडियो नेपालमा रेकर्ड भएको चर्चित गीत ‘छोडेर आए म’सँग हुबहु मिल्दोजुल्दो भएको भन्दै यो गीतका सर्जकको परिवारले आपत्ति जनाएको छ । गायक राजेन्द्र लम्सालका छोरा तथा कलाकार सागर लम्साल बलेले आफ्नो बुवाको गीतसँग गुरुङको उक्त [...] The post ‘हावा सरर’ गीत विवादमा, आफ्ना बुवाले गाएको गीतबाट चोरिएको ‘बले’को आरोप appeared first on Jhapa Online.

May 7, 2024 - 09:19
 0
‘हावा सरर’ गीत विवादमा, आफ्ना बुवाले गाएको गीतबाट चोरिएको ‘बले’को आरोप

काठमाडौं, २५ वैशाख । गत महिना चीज गुरुङले युट्युबमा ल्याएको नयाँ गीत ‘हावा सरर’ विवादमा तानिएको छ । २०५० सालमा रेडियो नेपालमा रेकर्ड भएको चर्चित गीत ‘छोडेर आए म’सँग हुबहु मिल्दोजुल्दो भएको भन्दै यो गीतका सर्जकको परिवारले आपत्ति जनाएको छ ।

गायक राजेन्द्र लम्सालका छोरा तथा कलाकार सागर लम्साल बलेले आफ्नो बुवाको गीतसँग गुरुङको उक्त गीत हुबहु मिलेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार एक वक्तव्य जारी गर्दै लम्सालले गीत हटाउन आग्रह गर्दै कुनै पनि संस्थाको आडमा धम्की नदिन भनेका छन् ।

गीत हुबहु चोरी गरिएको आरोप सागरको छ । विवाद सुरु भएपछि गुरुङले गीतको डिस्क्रिप्सनबाट संगीतकारको नाम हटाएर त्यसलाई खाली राखेका छन् । तर भिडियोको पुछारमा गीतकार र संगीतकारको नाममा चीज गुरुङ नै छन् ।

सागरका बुवा राजेन्द्र लम्साल र नारायण रायमाझीको स्वरमा रहेको गीत ‘छोडेर आए म’ गीतको संकलक कृष्ण उजाड पौडेल हुन् । उक्त गीतविरुद्ध लोक दोहोरी प्रतिष्ठान, प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय र प्रहरीमा उजुरी दिने सागरले बताए । यसका लागि गीतबारे विस्तृत विवरण लिन रेडियो नेपालको कार्यालय सिंहदरबारमा पुगेको उनले बताए ।

गुरुङले ल्याएको उक्त गीत अप्रिल १ मा युट्यबमा आएको थियो । अहिलेसम्म यो गीतलाई १६ लाख पटक हेरिएको छ भने म्युजिक खण्डतर्फ ट्रेन्डिङको बीसौं स्थानमा छ ।

The post ‘हावा सरर’ गीत विवादमा, आफ्ना बुवाले गाएको गीतबाट चोरिएको ‘बले’को आरोप appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register