मधुमेहको समस्यामा किसमिस खाने तरिका

एजेन्सी । मधुमेह अर्थात सुगरको समस्या भएका व्यक्तिले खानपानमा एकदमै सोचविचार गर्नुपर्ने हुन्छ । यस्तोमा कतिपयले सोच्ने गर्छन्, के मधुमेहको समस्या भएको बेला किसमिस खान सकिन्छ ? आउनुहोस् विशेषज्ञबाट यसबारेमा जानौं–  वरिष्ठ आहार विशेषज्ञका अनुसार किसमिसको सेवन गर्नाले सुगर लेवल बढ्न सक्छ । यस्तोमा मधुमेहका रोगीहरुलाई किसमिस नखाने सल्लाह दिइन्छ । तर यो ऊर्जाको भने […]

May 7, 2024 - 17:15
 0
मधुमेहको समस्यामा किसमिस खाने तरिका

एजेन्सी । मधुमेह अर्थात सुगरको समस्या भएका व्यक्तिले खानपानमा एकदमै सोचविचार गर्नुपर्ने हुन्छ । यस्तोमा कतिपयले सोच्ने गर्छन्, के मधुमेहको समस्या भएको बेला किसमिस खान सकिन्छ ? आउनुहोस् विशेषज्ञबाट यसबारेमा जानौं–

  •  वरिष्ठ आहार विशेषज्ञका अनुसार किसमिसको सेवन गर्नाले सुगर लेवल बढ्न सक्छ । यस्तोमा मधुमेहका रोगीहरुलाई किसमिस नखाने सल्लाह दिइन्छ । तर यो ऊर्जाको भने राम्रो स्रोत मानिन्छ ।
  •  किसमिसमा भरपूर मात्रामा फाइबर, प्रोटिन र काब्र्स पाइन्छ । यस्तोमा मधुमेहका विरामीहरुले सीमित मात्रामा नै किसमिस खानु पर्दछ तर सुगर लेवल बढिरहेको अवस्थामा भने यसको सेवन थोरै पनि गर्नु हुँदैन ।
  •  किसमिसमा राम्रो मात्रामा पोषक तत्वहरु पाइन्छन् । यसलाई तपाईं भिजाएर बिहान नास्ता पछि थोरै खान सक्नुहुन्छ । साथमा यसलाई दलिया, खीरहरुसँग सीमित मात्रामा खान सक्नुहुन्छ । यसरी बच्चाहरुलाई पनि खुवाउन सकिन्छ ।
  •  त्यस्तै किसमिसलाई सलादमा पनि मिसाएर खान सकिन्छ । हरिया पात भएका सलाद, तरकारी, नट्सहरुमा मिसाएर किसमिसलाई खान सकिन्छ ।
  •  कैयौंपटक टाइप २ डायबिटिजसँग जुधिरहेका विरामीहरुले कब्जियतबाट छुट्कारा पाउनका लागि किसमिसलाई भिजाएको पानीको सेवन गर्न सक्छन् । यसले पेट सफा गर्न सहयोग गर्छ ।
  •  सामान्य रुपमा किसमिसमा राम्रो मात्रामा फाइबर पाइन्छ । यसको सेवनले रक्तचाप, कोलेस्ट्रोल र स्ट्रोकको खतरालाई कम गर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register