सामुदायिक वनभित्र नग्न अवस्थामा शव फेला

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनभित्र मंगलबार अन्दाजी ३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार नग्न अवस्थामा शव फेला परेको हो । “शवको पहिचान हुन सकेको छैन”, उनले भने, “शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएका छौँ ।” शव […]

May 7, 2024 - 17:45
 0
सामुदायिक वनभित्र नग्न अवस्थामा शव फेला

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनभित्र मंगलबार अन्दाजी ३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार नग्न अवस्थामा शव फेला परेको हो । “शवको पहिचान हुन सकेको छैन”, उनले भने, “शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएका छौँ ।”

शव १५/२० दिन अघिको हुनसक्ने अनुान गरिएको छ । नगरपालिका–७ का वडा अध्यक्ष प्रतापसिंह धामीले शव पहिचानका लागि आवश्यक कुनै सबुत प्रमाण घटनास्थलमा नभेटिएको बताए । प्रहरीले उक्त बेवारिसे शवबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register