आईपीएलमा दिल्लीसँग राजस्थान पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । दिल्लीसँग राजस्थान २० रनले पराजित भएको हो । दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले सर्वाधिक ८६ रन बनाए […]

May 8, 2024 - 02:39
 0
आईपीएलमा दिल्लीसँग राजस्थान पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । दिल्लीसँग राजस्थान २० रनले पराजित भएको हो । दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले सर्वाधिक ८६ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । उसका र अभिषेक पोरेलले सर्वाधिक ६५ रन बनाएका थिए ।

जितसँगै १२ खेलमा १२ अंकसहित दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १६ अंकसहित दोस्रो स्थानमा यथावत् छ । पहिलो स्थानमा रहेको कोलकाताको पनि १६ अंक नै छ ।

आईपीएलमा आज सनराईजर्स हैदराबाद र लखनऊ सुपर जाएन्ट्स भिड्ने छन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register