सन्दकपुरलाई हराउँदै इलाम अन्तिम ८ मा प्रवेश

इलाम, २६ बैशाख । सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो । निर्धारित समयमा दुवै टिमले गोेल रहित बराबरी खेलेका थिए । खेलमा बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो । पेनाल्टी [...] The post सन्दकपुरलाई हराउँदै इलाम अन्तिम ८ मा प्रवेश appeared first on Jhapa Online.

May 8, 2024 - 04:04
 0
सन्दकपुरलाई हराउँदै इलाम अन्तिम ८ मा प्रवेश

इलाम, २६ बैशाख । सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो । निर्धारित समयमा दुवै टिमले गोेल रहित बराबरी खेलेका थिए । खेलमा बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो । पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले जित निकाल्दै इलामले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । इलामको जितमा कप्तान प्रदिप बिष्ट, पासाङ शेर्पा, सविन मगर, प्रिन्स शेर्पा, नितेश गुरुङ र साङ्गे शेर्पाले गोल गरे ।

सन्दकपुरका राकेश मगर, अविशेक राई, निशान राई, मदन मगर र रोजन घलेले गोल गरे । गोलरक्षक पुजन गुरुङको प्रहार इलामका गोलरक्षक आङ्पेल शेर्पाले बचाए । खेलको म्यान अफ दि म्याच इलामका गोलरक्षक शेर्पा घोषित भए । जितसंगै इलामले माङसेबुङ गाउँपालिकासंग खेल्नेछ । प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा फाकफोकथुम गाउँपालिका र सूर्योदय नगरपालिका प्रतिस्पर्धा गर्नेछन् ।

माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बालागुरु खेलमैदानमा आगामी बैशाख ३१ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । माईजोमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा भएको कार्यक्रममा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा परिषदका अध्यक्ष देवेन्द्र पौडेलले स्वागत र गाउँपालिका उपाध्यक्ष प्रविना राईले स्वागत मन्तव्य राखेकी थिइन् । प्रमुख अतिथि महेश बस्नेत र सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम परिषदका सचिव महेशचन्द्र सापकोटाले संचालन गरेका थिए ।

The post सन्दकपुरलाई हराउँदै इलाम अन्तिम ८ मा प्रवेश appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register