‘पालिका सन्देश साप्ताहिक’ दोस्रो बर्षमा प्रवेश

झापा, २६ बैशाख । झापाको बुद्धशान्ति गाउँपालिकाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको ‘पालिका सन्देश साप्ताहिक’ पत्रिका दोस्रो बर्षमा प्रवेश गरेको छ । पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित पत्रिका जिल्लाको उत्तरी भेगस्थित बुद्धशान्ति गाउँपालिका क्षेत्रलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाई जनतालाई सूसूुचित पार्दै आएको छ । स्थानीय स्तरदेखि लिएर प्रदेशको विकास निर्माण शिक्षा, संस्कृित र पर्यटनका साथै [...] The post ‘पालिका सन्देश साप्ताहिक’ दोस्रो बर्षमा प्रवेश appeared first on Jhapa Online.

May 8, 2024 - 08:04
 0
‘पालिका सन्देश साप्ताहिक’ दोस्रो बर्षमा प्रवेश

झापा, २६ बैशाख । झापाको बुद्धशान्ति गाउँपालिकाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको ‘पालिका सन्देश साप्ताहिक’ पत्रिका दोस्रो बर्षमा प्रवेश गरेको छ । पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित पत्रिका जिल्लाको उत्तरी भेगस्थित बुद्धशान्ति गाउँपालिका क्षेत्रलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाई जनतालाई सूसूुचित पार्दै आएको छ ।

स्थानीय स्तरदेखि लिएर प्रदेशको विकास निर्माण शिक्षा, संस्कृित र पर्यटनका साथै यहाँका समुदायको  सरोकार र जीवनशैलीलाई विश्वस्तरसम्म पुर्याउन साप्ताहिक पत्रिकासँगै पालिका सन्देश डटकम अनलाइन संस्करण समेत सञ्चालनमा रहेको पत्रिकाका सम्पादक तीर्थराज तिम्सिनाले बताएका छन् । उनले झापा जिल्लाका विभिन्न स्थानीय तह तथा इलामका केही स्थानमा प्रत्यक्ष वितरण हुँदै आएको पत्रिकालाई प्रविधिको विकाससँगै अनलाइनलाई समेत विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

धेरै स्थापित मिडिया र नयाँ खुल्ने मिडियाको भीडमै जन्मिएको पालिका सन्देश साप्ताहिक पत्रिकाका लागि यो समय निश्चय पनि चुनौतीपूर्ण रहेको र एक बर्षको यात्रा सफल हुनुका पछाडि आम पाठकवर्ग, विज्ञापनज्ञाता र शुभेच्छुकहरुको अतुलनीय योगदान रहेको सम्पादक तिम्सिनाले बताए । उनले भने,–यो लामो यात्रामा एक वर्ष त केवल एक खुड्किलो मात्रै हो, आगामी धेरै वर्षहरुमा हामी फैलिने प्रयासमा हुनेछौँ ।’

The post ‘पालिका सन्देश साप्ताहिक’ दोस्रो बर्षमा प्रवेश appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register