‘खजुरे ब्रो’ को प्रिमियरः अभिनेत्री नीति भन्छिन्, नेपाली फिल्म इण्डस्ट्रीमा मेरो ढोका खुल्यो

काठमाडौं । नेपाली चलचित्र ‘खजुरे ब्रो’को प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियरमा शोमा बोल्दै अभिनेत्री नीति शाहले यो चलचित्र आफ्नो पहिलो चलचित्र भएको र यसबाटै नेपाली फिल्म इण्डस्ट्रीको ढोका खुलेको बताईन्  । उनले भनिन्, ‘यो मेरो पहिलो चलचित्र हो र आजको दिन मेरो स्पेशल मोभमेण्ट […]

May 8, 2024 - 14:00
 0
‘खजुरे ब्रो’ को प्रिमियरः अभिनेत्री नीति भन्छिन्, नेपाली फिल्म इण्डस्ट्रीमा मेरो ढोका खुल्यो

काठमाडौं । नेपाली चलचित्र ‘खजुरे ब्रो’को प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियरमा शोमा बोल्दै अभिनेत्री नीति शाहले यो चलचित्र आफ्नो पहिलो चलचित्र भएको र यसबाटै नेपाली फिल्म इण्डस्ट्रीको ढोका खुलेको बताईन्  ।

उनले भनिन्, ‘यो मेरो पहिलो चलचित्र हो र आजको दिन मेरो स्पेशल मोभमेण्ट हो । यहाँबाट नेपाली फिल्म इण्डस्ट्रीको ढोका खुलेको छ ।’

चलचित्रमा मित्रता र पैसाले श्रीमान—श्रीमती र परिवारमा आउने उतारचढावलाई देखाइएको छ । चलचित्र धरानका वास्तविक पात्र खजुरे ब्रोको जीवनबाट प्रभावित रहेर बनेको हो । फिल्मले सहकारी संकटको कथावस्तु पनि उठाउन खोजेको छ । फिल्ममा महेश त्रिपाठी, रेअर राई, नवीन मानन्धर, नीति शाह, पुष्कर कार्की, विनिता थापा लगायतको अभिनय छ ।

सुरज सुनुवार निर्देशित फिल्म ‘खजुरे ब्रो’ को निर्माता नवीन मानन्धर र सुरज सुनुवार हुन् । यो फिल्म वैशाख २८ देखि प्रदर्शनको तयारीमा छ । कार्यक्रममा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register