पूर्व अफिसर शब्बर जैदीले खोले इमरान सरकारको पोल, भने - हाम्रो देश दिवालिया भएको छ

पाकिस्तानको संघीय राजस्व बोर्डका पूर्व अध्यक्ष शब्बर जैदीले पाकिस्तान दिवालिया भएको बताएका छन् । भ्रममा बस्नु भन्दा यथार्थलाई चिनेर समाधान खोज्नु राम्रो हो ।

Dec 18, 2021 - 10:00
Dec 18, 2021 - 10:06
 0
पूर्व अफिसर शब्बर जैदीले खोले इमरान सरकारको पोल, भने - हाम्रो देश दिवालिया भएको छ

पाकिस्तानको संघीय राजस्व बोर्डका पूर्व अध्यक्ष शब्बर जैदीले आफ्नो देश ‘दिवालिया’ भइसकेको र भ्रममा बस्नुभन्दा यथार्थलाई चिन्नु राम्रो भएको बताएका छन् । जैदीले 10 मे 2019 देखि 6 जनवरी 2020 सम्म सर्वोच्च कर प्राधिकरणको रूपमा सेवा गरेका थिए।

चीन–पाकिस्तान इकोनोमिक करिडोर (CPEC) परियोजनामा ​​पारदर्शिताको वकालत गर्दै उनले आफूले पनि CPEC भनेको के हो भन्ने पूर्णरुपमा नबुझेको बताए । हम्दर्द विश्वविद्यालयमा आयोजित एक मन्तव्यमा उनले आफ्नो धारणा राखेका हुन् ।  उनको भनाई अनुसार सरकारमा रहेका लगभग सबैले देश ठिकठाक अवस्थामा छ भनिरहेका छन् तर उनको नजरमा पाकिस्तान यतिबेला दिवालिया भइसकेको छ।

जैदीले देशको अर्थतन्त्र लगभग धरासायी भएको स्वीकार गरेर जनतालाई बताउनु र धोकामा नराख्नु नै राम्रो हो भनेका छन्। उनले देशको गम्भीर हालत लाई स्वीकार्दै  समाधान खोज्नुपर्ने बताए।

सोसल मिडियामा भरपुर विरोध भएपछि जैदी ले आफ्नो ट्वीटरमा  लेखे, “ आफ्नो वक्तव्यको तीन मिनेट मात्र चयन गरेर प्रसारण गरिएको छ तर वास्तविकतामा  मैले  सोही भिडियोमा समाधानका लागि पनि आफूले बताएको उनले बताए ” । जैदीले भने, "दिवालियापन चिन्ताको विषय हो।" यसको समाधान खोज्नुपर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal