भारतीय राजदूतावासद्वारा ‘भारतीय राजदूत क्रिकेट प्रतियोगिता’ आयोजना

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ‘भारतीय राजदूत क्रिकेट प्रतियोगिता २०८१’ को पहिलो संस्करण आयोजना गरेको छ । चार दिनसम्म चल्ने यो मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको उद्घाटन भारतीय राजदूत, परराष्ट्र मन्त्रालयअन्तर्गतका सहसचिव (दक्षिण एसिया) तथा नेपालका लागि बेलायती राजदूतको संयुक्त उपस्थितिमा भएको हो । प्रतियोगितामा ६ टोली सहभागी छन् । जसमा भारतीय राजदूतावास, नेपाल […]

May 31, 2025 - 14:40
 0
भारतीय राजदूतावासद्वारा ‘भारतीय राजदूत क्रिकेट प्रतियोगिता’ आयोजना

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ‘भारतीय राजदूत क्रिकेट प्रतियोगिता २०८१’ को पहिलो संस्करण आयोजना गरेको छ ।

चार दिनसम्म चल्ने यो मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको उद्घाटन भारतीय राजदूत, परराष्ट्र मन्त्रालयअन्तर्गतका सहसचिव (दक्षिण एसिया) तथा नेपालका लागि बेलायती राजदूतको संयुक्त उपस्थितिमा भएको हो ।

प्रतियोगितामा ६ टोली सहभागी छन् । जसमा भारतीय राजदूतावास, नेपाल सरकार, परराष्ट्र मन्त्रालय, बेलायतको राजदूतावास, नेपालस्थित विदेशी पत्रकार महासंघ, कर्पोरेट क्षेत्रका प्रतिनिधिहरू र नेपालस्थित भारतीय डायस्पोरा समुदाय छन् ।

प्रतियोगिताको उद्घाटन खेल भारतीय राजदूतावास र परराष्ट्र मन्त्रालयबीच सम्पन्न भएको छ । यस किसिमको मैत्रीपूर्ण प्रतियोगिताले नेपालमा कार्यरत कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय समुदाय तथा डायस्पोराबीचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register