झापाबाट कोरिया गएकाको परिवारका लागि वित्तीय साक्षरता

बिर्तामोड, १७ जेठ । इपिएस मार्फत दक्षिण कोरिया गएकाहरुको परिवालाई वित्तीय साक्षरता प्रदान गरिएको छ । अंकुर नेपालले कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत के–हामी, ह्याप्पी माइग्रेशन परियोजनाको सहयोगमा झापाबाट इपिएस रोजगारीको क्रममा कोरियामा रहेका नेपाली श्रमिक परिवारका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको अंकुर नेपालका पूर्व उपाध्यक्ष तथा के–हामी, ह्याप्पी माइग्रेशन परियोजनाका सम्पर्क संयोजक सञ्जीव [...] The post झापाबाट कोरिया गएकाको परिवारका लागि वित्तीय साक्षरता appeared first on Jhapa Online.

May 31, 2025 - 14:26
 0
झापाबाट कोरिया गएकाको परिवारका लागि वित्तीय साक्षरता

बिर्तामोड, १७ जेठ । इपिएस मार्फत दक्षिण कोरिया गएकाहरुको परिवालाई वित्तीय साक्षरता प्रदान गरिएको छ ।

अंकुर नेपालले कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत के–हामी, ह्याप्पी माइग्रेशन परियोजनाको सहयोगमा झापाबाट इपिएस रोजगारीको क्रममा कोरियामा रहेका नेपाली श्रमिक परिवारका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको अंकुर नेपालका पूर्व उपाध्यक्ष तथा के–हामी, ह्याप्पी माइग्रेशन परियोजनाका सम्पर्क संयोजक सञ्जीव चापागाईंले बताए ।

कार्यक्रममा प्रशिक्षक सहकारी विज्ञ चूडामणि ओझाले सहभागीलाई वित्तीय साक्षरता प्रदान गरेका थिए भने कार्यक्रममा अंकुर नेपालका पूर्व उपाध्यक्ष चापागाईंले कोरिया आप्रवासी कामदारका अभिभावक र आफन्तको दायित्व र जिम्मेवारी बारेमा सहभागीलाई जानकारी दिएका थिए ।

अंकुर नेपालका झापा संयोजक राम पौड्यालको अध्यक्षता तथा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोरिया रिटर्नी युवराज गिरीले स्वागत मन्तव्य व्यक्त राखेका थिए ।

कार्यक्रममा कोरिया रिटर्नी मदन शिवाकोटीले कोरिया गएर आफूले भोगेको अनुभव सुनाएका थिए । कार्यक्रममा सहभागी कोरियामा रहेका नेपाली श्रमिक परिवारका सदस्यहरुले कार्यक्रम फलदायी भएको प्रतिक्रिया दिएका छन् । कार्यक्रमको सहजीकरण दमन्ता कोइरालाले गरेकी थिइन् ।

The post झापाबाट कोरिया गएकाको परिवारका लागि वित्तीय साक्षरता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register