समाजिक संजाल को ताकत: नारायणहिटि भित्र को रेस्टुरेन्ट निर्माण कार्य रोकियो!

Jan 4, 2022 - 12:18
Jan 4, 2022 - 12:18
 0
समाजिक संजाल को ताकत: नारायणहिटि भित्र को रेस्टुरेन्ट निर्माण कार्य रोकियो!

...
कति साथीहरू भन्नु हुन्छ गलत कुराको पनि गुनासो नगरी सरकार, नेता र पार्टी ले जे गरे पनि ताली ठटाउन पर्छ र तिनको दास, हनुमान वा भक्त बन्न पर्छ! त्यसरी हनुमान बन्ने हो भने सरकार ले नारायणहिटि पनि बेचिदिन्छ, कौडिको मोलमा, देख्नु भो नि नारायणहिटि भित्रको दस रोपनी जमिन साढे दुइ लाख मासिक मा ठेक्का दिएको, हाम्रै पोखरेली बतास समूह लाई! जनता भेडा हुने हो भने भोलि रत्नपार्क, टुडिखेल पनि बेचेर खान्छन् महान देशभक्त समाजबादी नेता हरु ले!
...
संजाल मा चर्को गुनासो पछि नारायणहिटि भित्र को रेस्टुरेन्ट का लागि अतिरिक्त निर्माण का कार्य  रोकिएका छन् तर कति दिन लाई हो! विकसित देशमा पुराना दरवार लाइ संरक्षण गरेर राख्ने चलन छ, जस्ताको तस्तै, एउटा इटा खस्यो भने पनि बाकी लाई बचाएर राखिन्छ वा पुरानै इटा खोजेर जोडिन्छ! हाम्रा गाडतन्त्र का सेनानी भैटोपल्ने लाई इतिहास बारे कत्ति ज्ञान छैन, तसर्थ सबै पुराना ऐतिहासिक वस्तु ध्वस्त पार्न चाहन्छन!

...
तसर्थ मेरो अनुरोध तपाईं जहाँ भए पनि गलत कामको मेरो पार्टी तेरो पार्टी नभनी गुनासो गर्नुस्, आफ्ना जनप्रतिनिधि लाई लेख्नुहोस, सरकार लाई लेख्नु होस् नत्र भोली तपाईं का सन्तान ले नेपाल को इतिहास पढ्न पनि पाउने छैनन्, तिनका अवशेष देख्न त परै जाओस्! शुभकामना!

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Boz Raj Former Director at ChangeGov Ltd Past: Deloitte and Pokhara Consultancy Ltd Studied Computer science at London South Bank University, London, UK Graduated in 2001 Lives in London, United Kingdom