काठमाडौ ,स्कल स्कूलमा घर भगेरा संम्रक्षण कार्य अभियान शुरू, बिष्वमै नौलो पुरानो चलन नेपालमै रहेको छ "चख्वुप्वा"

Mar 8, 2022 - 09:43
Mar 8, 2022 - 09:52
 0
काठमाडौ ,स्कल स्कूलमा घर भगेरा संम्रक्षण कार्य अभियान शुरू, बिष्वमै नौलो पुरानो चलन नेपालमै रहेको छ "चख्वुप्वा"

आजका आधुनिक घर बनाउने सहरबासी प्रत्यकमा प्रकृति चराचुरूङ्गी पशुपन्छी प्रति बिकर्षण बढेको छ।त्यही कारणले काठमाडौ उपत्मायकामै" घर भगेरा" प्राय लोप भयका छन्।पहिले पहिले प्रत्यक 1मान्छे बराबर 100औ घर भगेराहरू थिए।प्रत्यक घरमा न्यूनतम30/40ओटा भगेराको परिबार अड्ने बिशेष खालको भगेरा को परिबार बस्ने गुड(नेवारीमा चख्वुप्वा)हरू बनाउने समाजमा प्रचलन नै थियो।तर पछि पछि काठमाडौमा समेत आधुनिक सिमेन्टेड  बाताबरण बिरोधी घर बनाउदा चाही त्यस्तो प्रचलन हटाइएको छ। हाल चाही जति घर संख्या रहेको छ तर भगेरा चाही त्यति पनि छैन जस्तो राष्टिय जनगणना2078अनुसार काठमाडौ 10नं चुनाबी क्षेत्रको जन संख्या2लाख 45हजार 4सय 54 रहेको छ।तर त्यहा भगेरा चाही करिब 5हजार भन्दा बढी छैनन् भनिन्छ, आज त्यो त बीउ मात्र हो।

बिसं 2072को पुराना पुराना परमपरागत घर भत्के पछि ती भगेरा अन्तरकुन्तरमा आज पनि जेनतेन जीबिका चलाई रहेका छन्।बास्तबमा त्यही ओरी परिको किरा खाने भगेराहरू खान नपाएर हराएका हैनन् बास नपायर बच्चा कोरल्न, एब बच्चा हुर्काउन नपायर हराएका हुन्। छर छिमेकी मानब सहयोगी ती  रैथाने भगेरा बसाई पनि सर्दैनन् ।टाढा टाढा र माथी माथी उड्न पनि सकतैनन्। पुराना पुस्ताका परमपरागत कुरा गर्ने पडित, , आधुनिक पढेका भनाउदा पाध्यापक, प्रशासक,  बिग्यानको कूरा गर्ने सरकारको भबन बिभाग एब इन्जिनियर , जनताका कुरा गर्ने नगरपालिका ओडा कार्यालय ,  धनीमानी कसैलाई त्यस बिषयमा केही मतलब छैन। समाजमा पैसा मात्र कमाउन राजनीतिको कुरा गर्नेको  त झन ब्यजतै भयको छ।त्यस कारणले काठमाडौ उपत्यकामा पनि मानिसको अति नजिकको साथी" चरा घरभगेरा "हराएका हुन्।किनकी मान्छे बस्ने घरको बाहिर पट्टी बस्ने र त्यै घर समाजमा बसेर मान्छेलाई हर सहयोग गर्ने चरा "घर भगेराले आफ्नो सुरक्षित गुड" बनाउन सक्तैन जान्दैन। सरकारी गैर सरकारी एबं सेना प्रहरी अस्पताल ,  बैक,बिश्वबिध्यालय, स्कूल  आदीको ठूल ठूला भबनमा पनि  भगेराले बास पाएको छैन तर माकुरोले बास पाएको छ।  पैले " लक्षिणको घरमा भगेरा बस्छन्, अलक्षिणको घरमा माकुरो बस्छन् किनकी भगेराले माकुरो माउसुलो पनि खाइ दिन्छ"भन्ने चलन थियो। बास्तबमा नेपालमै नीजि घरमा पनि नबस्ने र भगेराको फुल बच्चा खाइदिने कागलाई भने नेपालमै तिहारमा "काग पुजा "गर्ने चलन रहेको छ।कागलाई भगेराको "यमराज "पनि भन्ने चलन छ।कागलाई बुझ्ने मान्छेले  सके सम्म छुदैनन् ,छोएमा नुहाउने पनि चलन नेपालमै रहेको छ। किनकी कागलाई छोयमा उस्को ग्याङ नै आएर बस्न खानै दिदैन,त्यसैले कागलाई छुनै हुदैन।

यो संसारमा बलिलो शक्तिवालेले कम्जोरलाई आहारै बनाउने प्रकृतिको नियमै हो।उदाहारण त्यही काग एब भगेरा नै हो।बास्तबमा नेपालमा भगेरा बचाउने "चख्वुप्वा"बनाउने प्रचलन जुन थियो तर त्यो चलन बिष्वको अन्य कुनै देसमा भयको थाहा छैन।त्यो बिषेष खालको भगेराको गुड बनाउने चलन नेवार डकर्मीको अति गहिरो बुझाई पूर्बिय संस्कृति नै हो।अब त नेवार डकर्मी नै बिस्थापित भै सकेका छन्।घर बनाउने भारो पर्मको चलन छैन , घर ठेकेदार ,भाई ठेकेदार एब घर बनाउन ठेक्का दिने  घरवालेलाई के मतलब? नेवारमा पनि सनातनी धर्म एब राष्टियताको भाब हराई सकेको छ भन्दा फरक नपर्ला। किनकी पहिलेका किसान महर्जनले भ्यागुतोलाई भात खान दिने चलन पनि थियो।नेपालकै एमालेका पूर्ब प्, मं झलनाथ खनालले ' सर्पो संमरक्षणलाई करोडौ रकम लिएको  खबर पनि छापामा आएको थियो।सर्पोको महत्व छुट्टै होला तर त्यही सर्पोले धानको बोट मार्ने किरा खिने काम पनि भ्यागुलताले गर्दथियो। भगेराले पनि मान्छेले खाने धानकै संमरक्षण गर्दछन्।त्यही कारणले पनि घर भगेराको महत्व छ जुन कुरा चीनबाट प्रमाणित भयको थियो ,भनिन्छ।
बिदसबादी दलको राजनीति गर्ने दल नेतालाई  "जाबो घरभगेराको"के मतलब?भनेको पनि पाईयो।

 "श्री सामाजिक सदभाब तथा राष्टिय एकता अभियान नेपाल (068)/नागरिक समाजका अभियान को तर्फबाट 2076,2077 घर भगेरा सम्मेलन गरेको थियो।यो 2078 चैत्र 6गते (मार्च 20)को भगेरा दिबस भब्यता पूर्बक गरी समाज एब सरकारमा प्रभाब पार्नको लागि स्कूल स्कूलमा कार्यक्रम गरेको हो।त्यही क्रमम गत फागुन18गते कीर्तिपुर ओडा नं 5को ग्रिन भिलेज फाउन्डेसन स्कूल कार्यक्र गरे पछि ध्रुब बस्नेतले2078फागुन23गते चाही पहिले आफुले बि सं 2025 साल सम्म पढेको "जनसेवा मा बि पागामा दोस्रो पटक घर भगेरा संम्रक्षेण कार्यक्रम गर्ने कार्य सम्पन् भयको छ।
यस्तो घर भगेरा संम्रक्षणको कार्यक्रम यो नेपालमै स्कूल स्कूलमा गरेको पहिलो हो। स्थानिय जनमा भगेरा संम्रक्षण गर्ने प्रचनल आइ सकेको कारणले भगेराको  संख्या पनि बढ्दै छ।  माहुरी एब घरभगेरा  लागि नकारात्मक  असर पुराउने तत्व के हो?  बिकिरण फैलाउने दुर संचारले पनि  एक मुठी रकम तत तत नगरपालिकालाइ अब दिनु पर्ने भन्ने आबाज पनि बढ्दो छ। त्यो स्वयमसेबी अभियानको पैसा कमाउने उदेस्य नभयको कारणले पनि आबस्यक दबाब पुर्याउन नसकेको अबस्था पनि छ।

 काठमाडौ उपत्यकाको कीर्तिपुर एब चन्द्रागिरी नपाका घर भगेरा  संम्रक्षण थोरै अभियन्ताको र स्कूल परिबारको कारणले अब बन्ने घरको नक्सामै"घर भगेरा संम्रक्षणको लागि प्रत्यक घरको दोस्रो तेस्रो तलाको उपयुक्त ठाउमा कम्तिमा प्रत्यक घरमा न्यूनतम30/35 "चख्वुप्वा" हुने गरी नक्सामै अनिबार्य कोड हुने आसा गरिएको छ। त्यो अभियान प्रभाबकारी पार्न ओडा ओडाले पनि पर्चा, सभा समारोह, माईकिङ, तालिम गर्ने ,सबै शिक्षक एब सामाजिक अभियन्ताले बोल्ने स्थानिय पाठ्यक्रममा राख्ने नया नया काम गर्नु पर्ने अभियानको भनाई रहेको छ।यसो गर्दा अब काठमाडौ उपत्यकाको बाताबरण स्वस्थकर हुन अबस्य केही सहयोग पुग्ने मात्र नभै परमपरागत पूर्बिय बैज्ञानिक प्रचलनल बिष्वभर फैलिन पनि सहयोग पुग्छ। नेपालमा मात्र हो घर भगेरा संम्रक्षणको" चख्वुप्वा"बनाउने प्रचलन। भनिन्छ बिष्वमा यस्तो चलन कही छैन , जुन नेपालमा मात्र छ।तर यही सत्य तथ्य महत्वको घर भगैरा संम्रक्षणको असल प्रचलन नेपालकै सरकारलाई नै थाहै छैन। नेपाल सरकार नेपाली जनतामा क्रमस अलोकप्रिय हुनाको कारण घर भगेरा हराउनु पनि प्रष्ट प्रमाण हो।अबको  नेपाल सरकाले घर भगेरा संम्रक्षण गर्न "चख्वुप्वा "बनाउने आशा गरियको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Dhruba Basnet Coordinator at Social Will And National Unity Campaign. Went to Tribhuvan University. social worker/researcher/writer