बेक्सली समाज द्वारा आयोजित सिजन २ नृत्य जनवरी ९ बाट सुरु हुँदै 

Jan 3, 2022 - 18:42
Jan 10, 2022 - 05:05
 0
बेक्सली समाज द्वारा आयोजित सिजन २ नृत्य जनवरी ९ बाट सुरु हुँदै 

बेक्सली नेपाली समाज यूके द्वारा आयोजित सिजन २ नृत्य जनवरी ९ बाट सुरु हुँदै। केही दिन अघिमात्रै संस्थाले सिजन १ नृत्य सफलतापूर्वक आयोजना गरेको थियो। संस्थाका अध्यक्ष आनन्द धरेल र महासचिव केदार थपलियाका अनुसार नृत्य सिजन १ निकै प्रेरणादायी र सफल भएको बताए । “जनवरी ९ तारिखबाट सुरु हुन लागेको ‘डान्स सिजन २’ घोषणा गर्न पाउँदा हामीलाई असाध्यै खुशी लागेको छ” दुबैले भने। उनीहरु दुबैले यस कार्यक्रममा आर्थिक सहयोगको लागि डान्स सिजन २ का प्रायोजक 'ए-स्टार फाइनान्सियल सोलुसन्स युके' लाई धन्यवाद दिनुभयो र यस्तै कार्यक्रमहरू प्रायोजित गरेर राम्रो समाज निर्माण गर्न र हाम्रो सांस्कृतिक सम्पदाको रक्षा गर्न अन्य व्यवसायहरूलाई पनि अगाडि आउन आग्रह गर्नुभयो।

संस्थाका कोषाध्यक्ष तथा नृत्य सिजन १ का मुख्य संयोजक समेत रहेका दीपेन्द्र सिटौलाले यस उपलब्धिको लागि सम्पूर्ण संस्थालाई बधाई दिए। उनले टोलीका लागि रोल मोडल बनेकी नृत्य शिक्षिका श्रीमती अपेक्ष्या कार्कीलाई पनि धन्यवाद दिए।

दीपेन्द्र सिटौलाका अनुसार संस्थाले सोचेभन्दा बढी बुकिङ पाएको हुनाले प्रोग्रामलाई २ ग्रुपमा बाँड्ने फैसला गरेको छ । दोस्रो ग्रुपमा अझै केहि ठाउँ बाँकी भएको हुनाले इच्छुक साथीहरुले छिटोभन्दा छिटो संस्थालाई सम्पर्क गर्न आग्रह गर्नुभयो । साथै अरु पनि यस्तै प्रोग्रामहरु पाइपलाइनमा रहेका र चाँडै समाजका बालबालिकाहरूको लागि पनि कार्यक्रमहरु आयोजना हुँदै गरेको र आफ्नो स्वास्थ्यमा ध्यान दिने समाजका सम्पूर्ण इच्छुक दाजुभाइ तथा दिदीबहिनीहरूको लागि फिटनेस कार्यक्रम पनि चाँडै नै सुरु हुने जानकारी गराउनुभयो।

कार्यक्रममा जोडिने इच्छुक साथीहरुले बेक्सली नेपाली समाज यूकेलाई सम्पर्क गर्नुहोला।

'डान्स सिजन १' का नृत्य र तस्बिरहरू

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal