संगठीत भएर राजसंस्था र हिन्दुअधिराज्यलाई अटल राख्न सशक्त बनौं

Jan 28, 2022 - 09:54
Jan 31, 2022 - 06:51
 0
संगठीत भएर राजसंस्था र हिन्दुअधिराज्यलाई अटल राख्न सशक्त बनौं

नेपाल अधिराज्यभरी बिद्रोह उठेको छ । पृथ्वीनारायण शाहको नेतृत्वमा
नेपालको एकीकरण किन र कसरी भयो भन्ने कुरालाई मध्यनजर नराखी नेपालको
बारेमा केही पनि बुझ्न सकिदैन । दक्षिणतर्फ अंंग्रेज साम्राज्यले सारा
भारतबर्ष कब्जा गरिसकेको अवस्था थियो । हिन्दुहरूलाई इसाईधर्म नमाने
हिन्दुहरूलाई मार्ने, मंदिर भत्काउने, अनेकौं राक्षसी कुकर्मगर्दै
भारतबर्षमा आतंक फैलाएको थियो । त्यो अवस्थामा यो क्षेत्रका हिन्दु
राज्यहरूलाई पनि कब्जा गर्ने नीति लिइसकेको थियो । त्यसबेला
हिमवतखण्ड–नेपालमा ५४ भन्दा बढी कैयौं स्वतन्त्र हिन्दु राज्यहरू–गोर्खा,
कान्तिपुर, कीर्तिपुर, भक्तपुर, ललितपुर, पाल्पा, मकवानपुर, कास्की,
बाइसी, चौबिसी जस्ता हिन्दु राज्यहरूलाई पृथ्वीनारायण शाहको नेतृत्वमा
एकीकरण गरेर आफ्नो अस्मिता र पहिचान बचाएर उभिएको यो हिन्दुअधिराज्य हो ।
पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा हिमालय र दक्षिणमा
गंगानदीको बीचका सबै हिन्दु राज्य भएको र यी सबै क्षेत्रमा नेपाली भाषा
चलनचल्तीमा आउन सकेकाले हिन्दु धर्म र नेपाली भाषाको हिसावले राष्ट्रिय
एकीकरणमा सजिलो भएको थियो । त्यसक्षेत्रका राज्यहरूका विभिन्न जातिहरूले
पनि पृथ्वीनारायण शाह जस्तो नीर्भिक राजा पाउँदा खुसीकासाथ राष्ट्रिय
एकीकरणमा साथ दिएकाले विशाल नेपाल सिर्जना गर्नमा सजिलो भएको थियो ।
त्यसरी एकीकरण गरेर निर्माण भएको विश्वको एक मात्र हिन्दु अधिराज्यलाई
हटाएर अहिले धर्मनिरपेक्ष घोषणा गर्ने कांग्रेस, एमाले, माओवादीका
नेताहरू निन्दनीय छन् । यिनीहरू कुन धरातलमा टेकेर नेपालको कुरा गर्छन् ?
नेपाल भन्ने देशको एकीकरणकै बेलादेखि यसको मेरूदण्ड र मेओ भनेको नेपालको
राजसंस्था नैं हो । साम्राज्यवादी शक्तिसँग भिडेर नेपाल र नेपाली जनताको
संरक्षकको रूपमा मानिएको शाहवंसीय राजसंस्थालाई विस्थापित गरेर यिनीहरूले
विखण्डनको बाटो लिएका छन् । यो देशको भौगोलिक, जातीय सन्तुलन कायम गर्ने
र हिन्दु तथा बौद्ध धार्मिक चाड, पर्वको संरक्षण गर्नसक्ने एकमात्र
स्थायी संस्था हो नेपालको राजसंस्था । यसरी देशको स्थायी आधारस्तम्भ र
हिन्दुस्थलको पहिचान निमिट्यान्न गरेर कुनै हालतमा नेपाल सुरक्षित हुन
सक्दैन । त्यसैले धर्मनिरपेक्ष र गणतन्त्रका पार्टीका दलालहरूको बिरूद्ध
संगठीत भएर राजसंस्था र हिन्दुअधिराज्यलाई अटल राख्न सशक्त बनौं ।
-

दीर्घराज प्रसाई
कृपया मेरो अन्य लेखहरू यहाँ फेला पार्नुहोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

दीर्घराज प्रसाई Freelance writer: Studied at Tribhuvan University & Graduated in 1968.