कमल थापाले पार्टी परित्याग गरेपछि राप्रपा थप बलियो भयो : राजेन्द्र लिङ्देन

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताउनुभएको छ ।

Mar 12, 2022 - 12:54
 0
कमल थापाले पार्टी परित्याग गरेपछि राप्रपा थप बलियो भयो : राजेन्द्र लिङ्देन

पार्टीले आज सुर्खेतमा आयोजना गरेको आमसभालाई सम्बोन्धन गर्न सुर्खेत पुग्नु भएका अध्यक्ष लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमका रुपमा लिएको पनि बताउनुभयो । राप्रपाको शक्ति कति छ भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुने उहाँको भनाई थियो ।

स्थानीय तहमा राप्रपाले जितेका ठाउँमा छुट्टै मोडालिटी तयार गरिने अध्यक्ष लिङ्देनको भनाई थियो । अहिले भ्रष्टाचार स्थानीय तहसम्म पुगेकोे र भ्रष्टाचाररहित स्थानीय तहको रुपमा विकास गराउन राप्रपा चुनाव लक्षित भएको पनि बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register