प्रहरी विपद्को साथी भएको छ: जिसस प्रमुख बिश्वकर्मा

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार भव्य रुपले ६९ औँ प्रहरी दिवस मनाएको छ । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा भएको सो कार्याक्रममा अधिकांस वक्ताहरुले प्रहरीले गरेको सामाजिक कार्य तथा अपराध अनुसन्धान बारे आ आप्नो धारण राखेका थिए । अपेक्षा फलको छैन सबै कर्तव्य चिन्तन, आहुती प्राणको दिने तिममिा […]

Oct 16, 2024 - 16:40
 0
प्रहरी विपद्को साथी भएको छ: जिसस प्रमुख बिश्वकर्मा

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार भव्य रुपले ६९ औँ प्रहरी दिवस मनाएको छ । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा भएको सो कार्याक्रममा अधिकांस वक्ताहरुले प्रहरीले गरेको सामाजिक कार्य तथा अपराध अनुसन्धान बारे आ आप्नो धारण राखेका थिए ।

अपेक्षा फलको छैन सबै कर्तव्य चिन्तन, आहुती प्राणको दिने तिममिा अभिनन्दन भन्ने म’ल नाराका साथ भएको ६९ औँ प्रहरी दिवसको कार्यक्रममा प्रमुख अतिथि बिश्वकर्माले समाजमा हुने आपत्विपद् तथा विविध खाले अपराध नियन्त्रण गर्न र सामाजिक चेतना बढाउन नेपाल प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताएका छन् ।


जिल्ला प्रहरी परिसरमा आयोजित ६९ औ प्रहरी दिवसको प्रमुख अतिथि रहेका बि क ले उदयपुर जिल्ला तराई पहाडको भूभाग मिलेर बनेको र भौगोलिक जटिलता समेत रहेकोले आप विपद्का समयमा स्थानीय जनताको सहयोगकालागि नेपाल प्रहरीले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

त्रियुगा नगरपालिकाका प्रनुख बसन्त बस्नेतले नेपाल प्रहरीले सभ्य समाज बनाएर नागरिकको शान्ति सुरक्षा तथा विकास निर्माणका काममा सहयोग गरिरहेको बताउँदै विभिन्न प्रकारका अपराध अनुसन्धान तथा अन्वेषणका कामहरु गरेको तर राजनीतिक प्रभावका कारण अपुरो रहेकोले प्रहरीको काममा कतैबाट पनि हस्तक्षेप हुन नहुने कुरामा जोड दिए ।

मेयर बस्नेतले प्रहरीले नागरिकलाई शिक्षा दिन पालिकाका वडामा र विद्यालयहरुमा समेत गएर सचेतना कक्षा दिएकोले स्थानीयले नेपाल प्रहरीबााट धेरै कुरा सिक्ने अवसर पाएको बताए । सो कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले नेपाल प्रहरीलाई धेरै कुरामा विषयमा कानुनी अधिकार रहेको हुँदा स्थानीय प्रशासनले प्रहरीको सहयोगमा नै कामहरु गर्नु पर्ने, जिल्लाभित्रको शान्ति सुरक्षामा पनि नेपाल प्रहरीकै सहयोगमा, कानुन कार्यान्वय तथा समाजमा हुने विभिन्न अपराध, लागु औषध नियन्त्रणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

त्रियुगा नगरपालिका कि उप मेयर महेश्वरी राईले स्थानीय सरकारसँगको सहकार्यमा प्रहरीले लागु औषध नियन्त्रण, अपराधिक कृयाकलाप न्युनिकरण तथा समाजमा हुने आत्महत्या न्यूनिकरणका चेतना मुलक कार्यहरुमा सहयोग गरिहेको र नागरिक समाजले प्रहरीलाई समाजमा अभिभावकको रुपमा लिएर सहयोग गरिरहेको बताइन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख तथा प्रहरी उपरिक्षक हरिहरनाथ योगीको अध्यक्षतामा भएको सो कार्यक्रममा बेलका नगरपालिकाका मेयर अशोक कार्की लगायतका वक्ताहरुले मन्तव्य दिएका थिए । ६९ औ प्रहरी दिवसका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी समुहलाक्षर्् नगद पुरस्कार सहित प्रमाणपत्रद्धारा सम्मान तथा ९३ वर्षका जेष्ठ पूर्व प्रहरी कर्मचारीलाई कदरपत्र सहित दोसला ओढाएर सम्मान गरिएको थियो ।

वीर अमर प्रहरीका परिवारलाई सम्मानका साथै अनुसन्धान कार्यमा उत्कृष्ट कार्य गन प्रहरी अधिकृत तथा अन्य दर्र्जाका प्रहरी कर्मचारीलाई नगद पुरस्कार, दैवी प्रकोप तथा विपदका समयमा उद्धार तथा राहतमा सहयोग गर्ने प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रहरी कर्मचारीका सन्तती मध्ये जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृतिको रकम समेत सो कार्यक्रममा वितरण गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register