नवलपरासी पूर्वमा विद्यार्थीसँग प्रशासन अभियान

नवलपरासी । जिल्लामा विद्यार्थीमा प्रशासन अभियान सुरु भएको छ । माथिल्लो तहमा माध्यमिक तह अध्ययन गर्दै रहेका विद्यार्थीमाझ देश प्रतिको सम्मान भाव बढाउने तथा प्रशासनिक संयन्त्र प्रति नयाँ पुस्ताको बिश्वास जगाउने अभियानको उदेश्य रहेको छ । अभियानमा सरकारी कार्यालयले दिने सेवाका बिषयमा कक्षा ११ र १२ का बिद्यार्थीहरूलाई सम्बन्धित अधिकारीहरूले बिद्यालयमै पुगेर छलफल तथा प्रस्तुतिकरण […]

Nov 22, 2024 - 04:46
 0
नवलपरासी पूर्वमा विद्यार्थीसँग प्रशासन अभियान

नवलपरासी ।

जिल्लामा विद्यार्थीमा प्रशासन अभियान सुरु भएको छ ।

माथिल्लो तहमा माध्यमिक तह अध्ययन गर्दै रहेका विद्यार्थीमाझ देश प्रतिको सम्मान भाव बढाउने तथा प्रशासनिक संयन्त्र प्रति नयाँ पुस्ताको बिश्वास जगाउने अभियानको उदेश्य रहेको छ ।

अभियानमा सरकारी कार्यालयले दिने सेवाका बिषयमा कक्षा ११ र १२ का बिद्यार्थीहरूलाई सम्बन्धित अधिकारीहरूले बिद्यालयमै पुगेर छलफल तथा प्रस्तुतिकरण गर्ने गरि अभियानको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले बताए ।

जिल्ला प्रशासन कार्यालय नवलपुर,नवलपरासी पूर्वको नेतृत्वमा संचालन हुने उक्त अभियान जिल्लाका सबै पालिका र यहाँका १ दर्जन कलेज तथा विद्यालयमा आउदो ३ महिना भित्र पुगि सक्ने गरि थालनी भएको हो ।

यसै क्रममा बिद्यार्थीसंग प्रशासन अभियान शुक्रबार बिहान ८ बजे सदरमुकाम कावासोती स्थित मध्यविन्दु कलेजका विद्यार्थीमाझ संञ्चालन हुने जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register