अर्बपति गौतम अडानीविरुद्ध अमेरिकामा धोखाधडीको आरोप

काठमाडौँ । भारतीय अर्बपति गौतम अडानीलाई अमेरिकामा धोखाधडीको आरोप लगाइएको छ । अडानीलाई अमेरिकामा पैसा उठाउन २५० मिलियन डलर घूस दिने योजना बनाएको आरोप लगाइएको हो । न्यूयोर्कमा बुधबार अडानीविरुद्ध घोखाधडीको आरोप दायर गरिएको बिबिसीले उल्लेख गरेको छ । भारतका सबै भन्दा धनी ६२ बर्षिय अडानीविरुद्धको सो आरोपमा छानबिन शुरु गरिएको रिपोर्टमा उल्लेख गरिएको छ […]

Nov 21, 2024 - 04:34
 0
अर्बपति गौतम अडानीविरुद्ध अमेरिकामा धोखाधडीको आरोप

काठमाडौँ ।

भारतीय अर्बपति गौतम अडानीलाई अमेरिकामा धोखाधडीको आरोप लगाइएको छ ।

अडानीलाई अमेरिकामा पैसा उठाउन २५० मिलियन डलर घूस दिने योजना बनाएको आरोप लगाइएको हो । न्यूयोर्कमा बुधबार अडानीविरुद्ध घोखाधडीको आरोप दायर गरिएको बिबिसीले उल्लेख गरेको छ ।

भारतका सबै भन्दा धनी ६२ बर्षिय अडानीविरुद्धको सो आरोपमा छानबिन शुरु गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । अडानी समूहले अमेरिकामा नवीकरणीय उर्जा कम्पनीले २० बर्षमा २ बिलियन डलर भन्दा बढी नाफा हुने भन्दै लगानी उठाएको आरोप लगाइएको छ ।

पछिल्ला केहि महिना देखि नै अडानीविरुद्ध अनुसन्धानको चर्चा चलिरहेको र अमेरिकाले भने २०२२ देखि नै अडानीका कम्पनि बारे अनुसन्धान गरिरहेको पाइएको छ ।

अडानी समुहले झुटो रिपोर्ट तथा घुस समेत दिएर अमेरिकी फर्महरू लगायतका ऋण र बन्डहरूमा ३ बिलियन डलर भन्दा बढी उठाएको आरोप लागाईएको छ । अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी व्यापारी मानिन्छन् । 

गत हप्ता सामाजिक सञ्जालमा अडानीले डोनाल्ड ट्रम्पलाई उनको चुनाव जितेकोमा बधाई दिदै अमेरिकामा १० बिलियन डलर लगानी गर्ने वाचा गरेका थिए ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register