छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बराललाई रजत

काठमाडौं । छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका अभिषेक बरालले रजत पदक जितेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसँग बिहीबार पराजित भएपछि रजतमा सीमित भएका हुन् । फाइनल यात्रा तय गर्न अभिषेकले इन्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई हराएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए […]

Oct 18, 2024 - 09:41
 0
छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बराललाई रजत

काठमाडौं । छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका अभिषेक बरालले रजत पदक जितेका छन् ।

इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसँग बिहीबार पराजित भएपछि रजतमा सीमित भएका हुन् ।

फाइनल यात्रा तय गर्न अभिषेकले इन्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई हराएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए । अध्यक्ष खड्गीका अनुसार २६ राष्ट्रको सहभागिता रहेको यो जि टु र्‍याङकिङ प्रतियोगिता हो ।

प्रतियोगितामा अभिषेकसँगै नेपालबाट १० खेलाडी सहभागी छन् । अभिषेकसँगै ६ खेलाडी क्योरोगी तथा बाँकी ४ खेलाडी पुम्सेमा सहभागी छन् ।

ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बनेका छन् । पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्दैछन् । नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी छन् ।

टोलीलाई प्रोत्साहन स्वरुप काठमाडौं जिल्ला तेक्वान्दो संघले पोशाक प्रदान गरेको थियो । जिल्ला संघले जि १ र्‍याङकिङदेखि माथिका तेक्वान्दो प्रतियोगितामा सहभागी हुने टोलीलाई पशोक प्रदान गर्ने गरेको अध्यक्ष खड्गीले जानकारी गराए ।

सरोज, अनिश र देवराज बाहेकको टोली ताइपेई सिटी कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने बताइएको छ । प्रतियोगिता अक्टोबर २४ देखि २७ तारिखसम्म ताइपेईंमा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register