रोमानिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं.  ५ घर भएका ३९ वर्षीय मनिल कुमार लामा रहेका छन् । उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोमानिया पठाउने भन्दै ४ लाख ६० हजार रुपैयाँ ठगी गरेका […]

Nov 17, 2024 - 12:17
 0
रोमानिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं.  ५ घर भएका ३९ वर्षीय मनिल कुमार लामा रहेका छन् ।

उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोमानिया पठाउने भन्दै ४ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए । लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register