फ्रान्सले इटालीसँग लियो घरेलु मैदानमा भोगेको पराजयको बदला

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गतको खेलमा फ्रान्सले इटालीसँग बदला लिएको छ । गत सेस्टेम्बर ६ मा घरेलु मैदानमा भोगेको हारको बदला लिएको हो । सो बेला फ्रान्स इटालीसँग घरमै ३–१ गोलअन्तरले पराजित भएको थियो । आइतबार राति फ्रान्सले त्यसैको बदला लिने क्रममा इटालीलाई उसकै घरमा हराएको छ । संयोगवश गोल अन्तर पनि ३–१ को […]

Nov 18, 2024 - 02:05
 0
फ्रान्सले इटालीसँग लियो घरेलु मैदानमा भोगेको पराजयको बदला

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गतको खेलमा फ्रान्सले इटालीसँग बदला लिएको छ । गत सेस्टेम्बर ६ मा घरेलु मैदानमा भोगेको हारको बदला लिएको हो ।

सो बेला फ्रान्स इटालीसँग घरमै ३–१ गोलअन्तरले पराजित भएको थियो । आइतबार राति फ्रान्सले त्यसैको बदला लिने क्रममा इटालीलाई उसकै घरमा हराएको छ । संयोगवश गोल अन्तर पनि ३–१ को नै रहेको छ ।

मिलानस्थित सान सिरोमा भएको खेलको दोस्रो मिनेटमै एड्रियन राबिओटले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ३३ औँ मिनेटमा इटालीका गुल्लिएल्मो भिकारियोले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता दोब्बर बनायो ।

खेलको ३३ औँ मिनेटमा गोल गर्दै आन्दे्रई काम्बियासोले इटालीलाई खेलमा फर्काउने कोसिस गरे । तर पुन राबिओटले नै ६५ औँ मिनेटमा गोल गरेपछि खेल फ्रान्सले ३–१ ले जित्यो ।
यस जितले फ्रान्स लिग ‘ए’को समूह २ बाट विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ । उसको १३ अंक छ । समान अंक हुनका बाबजुद गोलअन्तरमा पछि पर्दै इटाली समूहमा दोस्रो बनेको छ । यद्यपि उ पनि क्वार्टरफाइनलमा पुगेको छ ।

यो समूहमा ४ अंकसहित तेस्रो स्थानमा रहेको बेल्जियमले रेलिगेसन प्ले अफ खेल्नेछ । समान अंक हुनका बाबजुद गोलअन्तरमा पछि परेपछि इजरायल भने रेलिगेसनमा परेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register