सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं। प्युठान, ऐरावती गाउँपालिका-२ टिकुरीस्थित सडकमा लु.२७ प ९१३४ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-६ अर्लाबाङ बस्ने २७ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । सप्तरी, कन्चनरूप नगरपालिका-३ बरमझियास्थित सडकमा प्र.१-०१-००१ ख ४१२६ नम्बरको बसले स.५ प १५९३ […]

Oct 20, 2024 - 11:36
 0
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं।

प्युठान, ऐरावती गाउँपालिका-२ टिकुरीस्थित सडकमा लु.२७ प ९१३४ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-६ अर्लाबाङ बस्ने २७ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरी, कन्चनरूप नगरपालिका-३ बरमझियास्थित सडकमा प्र.१-०१-००१ ख ४१२६ नम्बरको बसले स.५ प १५९३ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिई बस अनियन्त्रित भई पल्टिदाँ बसमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका-४ बस्ने ५४ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका बसमा सवार २२ जना मध्ये १७ जनाको धर्मेश्वर अस्पताल ठेलिया सप्तरी, २ जनाको कञ्चनपुर अस्पताल सप्तरी, २ जनाको न्यूरो अस्पताल विराटनगर मोरङ र १ जनाको नोबेल अस्पताल विराटनगर मोरङमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register