अध्यादेशबारे झलनाथ- ओली दुईतर्फी धार भएको हतियार चलाउ उद्यत छन्, हाम्रा सांसद एमाले जाँदैनन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली दुईतर्फी धार भएको हतियार चलाउन उद्यत रहेको टिप्पणी गरेका छन् । सोमबार नेपालभ्युजसँग कुराकानी गर्दै नेता खनालले प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन लागेको जानकारीमा आफूले पनि पाएको उल्लेख गर्दै यस्तो बताएका हुन् । “अध्यादेश ल्याउने तयारी भएको मैले पनि सुनेँ तर, यो […]

Oct 21, 2024 - 11:25
 0
अध्यादेशबारे झलनाथ- ओली दुईतर्फी धार भएको हतियार चलाउ उद्यत छन्, हाम्रा सांसद एमाले जाँदैनन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली दुईतर्फी धार भएको हतियार चलाउन उद्यत रहेको टिप्पणी गरेका छन् ।

सोमबार नेपालभ्युजसँग कुराकानी गर्दै नेता खनालले प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन लागेको जानकारीमा आफूले पनि पाएको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

“अध्यादेश ल्याउने तयारी भएको मैले पनि सुनेँ तर, यो कसैको हितमा हुँदैन । सुरुमा त सरकारलाई नै काट्छ यसले,” नेता खनालले भने ।

नेता खनालले प्रधानमन्त्री ओलीले जेका लागि अध्यादेश ल्याउन लागेका हुन्, त्यसको औचित्य पुष्टि नहुने दाबी गरे । “मैले हेर्दाखेरि हाम्रा सांसदहरू त्यता (एमालेमा) जाँदैनन् । पार्टीभित्र त्यस्ता चर्चा केही छैन,” नेता खनालले भने ।

यता प्रधानमन्त्री ओलीले भने एकीकृत समाजवादी विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेका छन् । अध्यादेशको ड्राफ्ट सिंहदरबारमा तयार भइसकेको स्रोत बताएको छ ।

  • सम्बन्धित समाचार

एकीकृत समाजवादीको एक समूह एमालेमा मिसाउन अध्यादेशको सहारा !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register