सवारी चालकले अब कागजपत्र नबोके पनि हुने, ट्राफिकले जरिबाना गर्दा लाइसेन्स नखोस्ने

लाइसेन्स जाँच गर्दा नागरिक एपमा भएको डिजिटल लाइसेन्सलाई मान्यता दिइनेछ । दुर्घटना भए पनि नागरिक एपमा भएको लाइसेन्स प्रमाणका रूपमा प्रयोग गर्न सकिन्छ ।

Oct 22, 2024 - 02:19
 0
सवारी चालकले अब कागजपत्र नबोके पनि हुने, ट्राफिकले जरिबाना गर्दा लाइसेन्स नखोस्ने

काठमाडौं । नागरिक एपमार्फत गाडी चालकको लाइसेन्स मोबाइलमा नै उपलब्ध गराउने सेवा शुरू भएको छ । अब चालकले कागजपत्र देखाउँदै यात्रा गर्नुपर्ने छैन ।

लाइसेन्स जाँच गर्दा नागरिक एपमा भएको डिजिटल लाइसेन्सलाई मान्यता दिइनेछ । दुर्घटना भए पनि नागरिक एपमा भएको लाइसेन्स प्रमाणका रूपमा प्रयोग गर्न सकिन्छ ।

काठमाण्डौ उपत्यकामा शुरू भएको यो सेवा प्राथमिक रूपमा बाग्मती प्रदेशमा भए पनि अरू ठुला शहरहरूमा लागु हुने छ ।

यो सेवा आइतवरदेखि विशेषगरी काठमाण्डौ उपत्यकामा लागू भएको हो । यो सुविधासँगै नियम उल्लङ्घन गर्ने चालकले तत्कालै डिजिटल भुक्तानीमार्फत जरिमाना तिर्न सक्ने व्यवस्था पनि शुरू भएको छ । यो सेवा उपयोग गर्नको आफ्नो मोबाइलमा नागरिक एप डाउनलोड गर्नुपर्छ ।

अहिले काठमाडौं उपत्यकामा जरिबानाको रसिद पनि डिजिटल माध्यमबाटै जारी गर्न लागिएको प्रहरी नायब उपरीक्षक कार्कीले दिए ।

“यसअघि नियम उल्लङ्घनमा कागजको चिट काट्ने र सवारी चालकको कागजपत्र ट्राफिक प्रहरीले लिएर जाने अनि जरिबाना तिरेपछि ट्राफिक प्रहरीको कार्यालयमा पुगेर आफ्नो कागजपत्र लिनुपर्ने चलन थियो। अब त्यो झन्झट हुँदैन,” उनले भने ।

त्यसपछि आफ्नो नागरिकताको फोटो र स्मार्ट लाइसेन्समा भएको क्यूआर कोडको फोटो एपमा अपलोड गर्नुपर्छ ।
यदि स्मार्ट लाइसेन्स छैन भने लाइसेन्स नम्बर मात्रै राखेर पनि सेवा प्रयोग गर्न सकिन्छ । यसरी सबै प्रक्रिया पूरा गरेपछि यो सेवा सजिलै प्रयोग गर्न सकिन्छ ।

नागरिक एपमा डिजिटल लाइसेन्स उपलब्ध भएपछि स्मार्ट लाइसेन्स कार्ड नबोके पनि हुन्छ ।

लाइसेन्स पर्खिरहेका व्यक्तिहरूले पनि अब कुरिरहनु पर्दैन, लाइसेन्स नम्बर भए मात्र पर्याप्त हुन्छ ।

तर यो सेवा देशभर पूर्णरूपमा लागू नभएकाले कतिपय ठाउँमा लाइसेन्स कार्ड बोक्नुपर्ने हुन सक्छ ।

अब नागरिक एपमार्फत सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी धेरै काम डिजिटल रूपमा गर्न सकिने जनाइएको छ ।

भनिएको छ, ‘जस्तै:– ट्राफिक नियम उल्लङ्घन गर्दा जरिमाना तिर्ने प्रक्रिया पनि यस एपबाट सजिलै गर्न सकिन्छ । पहिले ट्राफिक प्रहरीले चालकको लाइसेन्स, सवारी दर्ता किताब वा सडक इजाजत पत्र लिएर २४ घण्टे पुर्जी जारी गर्ने गथ्र्याे, अब भने चालकले नागरिक एपमा रहेको क्यूआर कोड र लाइसेन्स देखाए मात्र पुग्छ । ट्राफिक प्रहरीले नेपाल प्रहरीको मोबाइल एपबाट क्यूआर कोड स्क्यान गरी कारबाही प्रक्रिया अघि बढाउँछ । नागरिक एपको क्यूआर कोड स्क्यान भएपछि ट्राफिक कारबाहीको अभिलेख व्यवस्थापनमा सबै जानकारी सुरक्षित हुन्छ ।’

अहिले यो सेवा परीक्षणको चरणमा छ । धेरै नागरिकलाई यसको बारेमा जानकारी छैन, कतिले नागरिक एप नै प्रयोग गर्नुहुन्न र कतिपयसँग इन्टरनेटको पहुँच पनि छैन । परीक्षणकै क्रममा भएकाले पहिलो चरणमा यस सेवाबारे नागरिकलाई जानकारी दिने र यसको प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ । यसबारे जानकारी बढ्दै गएपछि बिस्तारै पूर्णरूपमा लागू हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register